मुम्बई । चर्चित बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले नेपालका महाभूकम्पपीडितका नाममा गलत फाइदा उठाउँदै रकम संकलन गर्ने काम भइरहेकाले त्यसबाट सचेत रहन आग्रह गरेकी छन् । उनले धेरै संस्थाले भूकम्पपीडितको नाममा रकम उठाउने काम भएको सुनेकाले त्यस्तो कामबाट सचेत रहन आग्रह गरेको जनाएकी छन् ।
‘यो अवस्थामा धेरै संस्थाले पीडितको नाममा रकम दुरुपयोग गरिरहेका छन्, त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु कि सहयोग गर्नुभन्दा अघि तपार्इंहरूले उक्त संस्थाको विश्वसनीयताबारे धेरैपटक जाँच गर्ने प्रयास गर्नुहोला,’ मनीषाले आफ्नो फेसबुक पेजमा पोस्ट गरेकी छन् ।
उनले काठमाडौंमा धेरै मानिसको रहेकाले त्यहाँ खानेपानी र खाद्यान्नको अभाव हुन सक्ने भन्दै त्यसका लागि आफू पूर्ण तयारी भएर जान आग्रह गरेकी छन् । ‘त्यसकारण म मेरा आम साथीहरूलाई आग्रह गर्छु कि तपाईंहरूले पीडितहरूले अधिकतम प्रयोग गर्न पाउने गरी सहयोगको काम गर्नुहोस्, किनकि त्यहाँको अवस्था अत्यन्त दयनीय बनेको छ,’ उनले लेखेकी छन् ।
प्रतिक्रिया