भूकम्पमा परी तेलेगु अभिनेताको निधन

काठमाडौं । नेपालमा गत शनिबार गएको महाभूकम्पमा परी यहाँ सुटिङरत एक तेलेगु फिल्मका अभिनेताको निधन भएको छ । भूकम्पका कारण कार पल्टिएपछि तेलेगु अभिनेता के विजयको निधन भएको हो ।
भारतको आन्ध्र प्रदेशको गेन्टर जिल्लाको बापात्ला निवासी २५ वर्षे अभिनेता फिल्म ‘एतकारम डटकम’को सुटिङका लागि नेपालमा आएका थिए । फिल्मको सुटिङ सकेर घर फर्कंदै गर्दा अवस्थामा उनको भूकम्पको चपेटमा परी निधन भएको फिल्मका संगीतकार किशनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभिनेताका अलावा नृत्य निर्देशनमा पनि स्थापित विजयको भूकम्पको धक्काले कार दुर्घटना भएपछि घटनास्थलमै निधन भएको थियो । कारमा सवार अन्य तीनजना भने घाइते भए । फिल्म उद्योगले नेपाल सरकारसँग विजयको शवलाई घरसम्म पु¥याउने व्यवस्था मिलाइदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । किशनका अनुसार फिल्मको २० सदस्यी टोली १५ अप्रिलमा हैदराबादबाट काठमाडौं आएको थियो ।

प्रतिक्रिया