जेठ ८ देखि वान साइडेड लभ

One-Sided-Loveकाठमाडौं । प्रेम र एक्सनको फ्युजन रहेको फिल्म ‘वान साइडेड लभ’ जेठ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

वार्‍बल प्रोडक्सनको व्यानरमा कपिल खत्रीले निर्माण गरेको फिल्मका निर्देशक देवेन्द्रराज पाण्डे हुन् ।

फिल्ममा राज सुनाम, सबिना कार्की, कपिल खत्री, सुशील पोखरेल, विनिता घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ भने मिलन श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, हरि लम्सालको संगीत र लोकचन्द्र थापाको छायांकन रहेको छ ।

काठमाडौं र धादिङमा छायांकन गरिएको फिल्म रोहित र रत्नले वितरण गर्नेछन् । (सौस)

प्रतिक्रिया