सबै खेलकर्मी एकीकृत हुँदै

min_krishna_maharjanकाठमाडौं, १० वैशाख । अर्को महिना राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको पदावधि पूरा हुने भएपछि नयाँ बन्ने सदस्यसचिवका लागि दौडधुप सुरु भइसकेको छ । सदस्यसचिव मात्र होइन, बोर्डमा आउन चाहने अन्यले पनि गोप्य भेला र दौडधुप सुरु गरिसकेका छन् । आश्चर्यजनक रूपमा एक दर्जनभन्दा बढीको नाम नयाँ सदस्यसचिवको चर्चामा छन् । एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ र मदन भण्डारी स्पोर्ट्स एकडेमीको नेतृत्वमा रहेका प्रायः सबै र विगतमा परिषद्मा विभिन्न भुमिकामा रहनेहरू अबको सदस्यसचिवको दाबी गर्दै लबिङ सुरु गर्न थालिसकेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका विभिन्न तहका व्यक्तिहरू पनि परिषद् बोर्डमा प्रबेशका लागि लबिङमा व्यस्त हुन थालेका छन् ।

गत वर्ष सरकार गठन हुनेबित्तिकै नेपाल खेलकुद महासंघले केही व्यक्तिको नाम अघिसारेको थियो । महासंघ बाहिर रहेका अन्य व्यक्तिले पनि प्रयास जारी राखेका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सदस्यसचिव लामाको पदावधि सकिएको दाबी गरे पनि लामाले सर्वोच्च अदालतबाट स्टे अडर पाएपछि लामा टेन्डी शेर्पालाई परिषद्को उपाध्यक्ष बनाइएको थियो ।
गतवर्ष महासंघले अघि सारेका सबै जसो नाम यसै वर्ष विवादमा फसे । लामा टेन्डी शेर्पा मापदण्डबाट बढी सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समातिएपछि विवादमा परेका छन् । साथै अहिले उनी मर्यादाक्रममा सदस्यसचिवभन्दा माथिल्लो पद उपाध्यक्ष रहेका छन् । महासंघका उपाध्यक्षसमेत रहेका विनोद मैनाली नेपाल क्रिकेट संघको भ्रष्टाचार काण्डमा मुछिएका छन् । कार्यवाहक अध्यक्ष केशव विस्ट इन्चोन एसियाड गएको समयमा उनले प्रतिनिधित्व गरेको खेलका खेलाडी नै भागेका थिए । फिफाको इथिक कमिटीले छानबिनको घेरामा राखेका र सफाइ नपाएका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाको निकट पात्रको रूपमा परिचित मोहम्मद समिउल्लाह मन्त्री पौडेलका पनि प्रिय पात्र हुन् । एन्फा नेतृत्वमा परिवर्तनको विपक्षमा रहेका समिउल्लाहको नाममा सबैभन्दा धेरै असन्तुष्टि फुटबल क्षेत्रमै छ ।

उनले हरेक पार्टीका खेलकर्मी एकजुट हुुनुपर्ने आवाज उठाउँदै भने, ‘कांग्रेसको भए म र एमालेको भए पुरेन्द्रजी हुनुपर्छ भन्ने हो । किनकि उहाले पनि तीन दशकभन्दा बढी समय खेलकुदमै बिताउनुभयो । कराते महासंघको नेतृत्व र ओलम्पिक कमिटीमा उहाँको भूमिकाका कारण एमालेकै नेतृत्व भए परिषद्को कार्यकारी उहाँ भए राम्रो ।’

गत वर्ष नै महासंघले यी नामहरू अघि सारेपछि महासंघमा नरहेकाहरूले अभ्यास सुरु गरिसकेका छन् । मदन भण्डारी स्पोर्ट्स एकडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेलाई सदस्यसचिव बनाउने दौडधुपमा एउटा समूह छ । करातेसँग सम्बन्धित एउटा ठूलो समूह यो प्रयासमा छ । तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक महेन्द्र राईलाई राजीनामा दिन लगाउँदै सदस्यसचिव बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ । किरात खेलकुद संघका अध्यक्षसमेत रहेका राईको पक्षमा पूर्वाञ्चलको ठूलै समूह रहेको जनाइन्छ । ललितपुरका विरेन्द्र श्रेष्ठ पनि परिषद्मा महत्वपूर्ण भूमिकाको खोजीमा रहेका छन् । एकडेमीका महासचिव लाखे सम्बन्धित विषयको विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिन्छन् ।
सत्ताको नेतृत्व गर्ने कांग्रेसमा पनि यसैखाले दौडधुप नभएको होइन । विगतमा खेलकुद परिषद्मा प्रवेश पाइसकेका मिनकृष्ण मर्हजन, कर्मा छिरिङ शेर्पा र किशोर राई अहिले पनि परिषद्मा आउने चर्चा चलेको छ । कर्मा पार्टी महासचिव प्रकाशमान सिंह निकट हुन् भने मर्हजन रामचन्द्र पौडेल निकट मानिन्छन् । यसैगरी, एन्फा सदस्य पंकज नेम्बाङलाई परिषद् बोर्डमा भिœयाउन पूर्वाञ्चलको एउटा समूह लागेको थियो । अबको एक महिनामा आन्तरिक गुटबन्दी र बैठकमा व्यस्त हुनेहरूको सूची अझ लामो हुन सक्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष तथा करातेकर्मी मीनकृष्ण मर्हजन सरकार परिवर्तनको सम्भावना व्यक्त गर्दै आफू बलियो दाबेदार भएको स्विकार्छन् । ‘लामो समय भयो, कांग्रेसले सरकारको नेतृत्व गरेको छैन । अब सरकार परिर्वतन भयो भने कांग्रेसले खेलकुद मन्त्रालय चलाउन पर्छ भन्ने हो,’ उनी भन्छन्, ‘खेलकुद नै जीवन ठानेर जीवन बिताइयो । यस कारण हाम्रो पार्टीको नेतृत्व भए म सदस्यसचिवको प्रबल दाबेदार हुँ । ’
उनले हरेक पार्टीका खेलकर्मी एकजुट हुुनुपर्ने आवाज उठाउँदै भने, ‘कांग्रेसको भए म र एमालेको भए पुरेन्द्रजी हुनुपर्छ भन्ने हो । किनकि उहाले पनि तीन दशकभन्दा बढी समय खेलकुदमै बिताउनुभयो । कराते महासंघको नेतृत्व र ओलम्पिक कमिटीमा उहाँको भूमिकाका कारण एमालेकै नेतृत्व भए परिषद्को कार्यकारी उहाँ भए राम्रो ।’
मीनकृष्ण भन्छन्, ‘अबका हरेक पार्टी निकट खेलकर्मी एकजुट भएर एउटाले अर्कोको पक्षमा आवाज उठाउन जरुरी भइसकेको छ ।’

प्रतिक्रिया