प्रेमका कारण देश छाडेका थिए ताहिरले

imranकेपटाउन । दक्षिण अफ्रिका क्रिकेट टोलीका स्पिनर इमरान ताहिरले आफ्नो देश पाकिस्तान छोड्नको कारण बाहिर आएको छ । उनी भारतीय मुलुकका एक महिलासँगको पे्रमका कारण पाकिस्तान छोड्न बाध्य भएका थिए ।

ताहिर आफ्नी प्रेमिकाको खोजीमा दक्षिण अफ्रीका पुगेका थिए । सन् १९९८ मा पाकिस्तानको यु–१९ टोलीबाट दक्षिण अफ्रीका पुगेका उनि त्यस क्रममा भारतीय मुलुकका सुमैया दिलदारसगँ प्रेममा परे । भारतीय मुलुकका महिलासँगको गहिरो प्रेमका कारण उनले पाकिस्तान छोड्ने निर्णय लिँदै उनी दक्षिण अफ्रिका बस्न थाले ।
दक्षिण अफ्रिकामै बस्न थालेपछि उनलाई त्यहाँ बस्न निकै सघंर्ष गर्नुपरेको थियो । पछि उनका साथी गुलाम बोदीको सहयोगका कारण उनि त्यहाँको घरेलु टिममा क्रिकेट खेल्न सुरु गरे । घरेलु प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरपछि उनी सन् २०११ मा दक्षिण अफ्रिकाको टिममा पर्न सफल भए ।
सुरुआतमा उनी टेस्ट स्पेसलिस्ट बलरको रूपमा दक्षिण अफ्रिकाको टिममा पर्न थाले । टेस्टमा सफलताका कारण उनी एक दिवसीय क्रिकेटमा पनि परे । जसमा उनी सफल बलर रूपमा स्थापित भए । उनीसँग सुमैयाको विवाहपछि एक छोरा छन् । हाल उनी इन्डियन प्रिमियर लिग आइपिएलमा डिल्ली डेयर डेविल्सबाट खेल्ने गर्छन् ।

प्रतिक्रिया