काठमाडौं । करिब एक दर्जन गीतमा स्वर दिएकी ज्योति मगर रातारात हिट् भएकी मोडल एवं गायिका हुन् । आफ्नो पहिरन र अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने ज्योतिको स्वदेशदेखि विदेशमा हुने विभिन्न कार्यक्रममा माग बढ्दो छ ।
पछिल्लो समय ज्योतिले सल्यानमा भएको महोत्सवमा सहभागिता जनाइन् ।
जहाँ उनले आफ्ना उत्तेजक पोज र हाउभाउसहित समर्थकहरूलाई नचाइन् । छोटो र कालो ड्रेसमा मञ्चमा उक्लिएकी ज्योतिले गीत गाउँदा सबै मस्त मात्र थिएनन्, उनले आफ्नो हाउभाउमा सल्यानीहरूलाई लठ्ठै पनि पारिन् ।
यतिले मात्र नपुगेर ज्योतिले आफ्ना तीघ्रा देखिने गरी मञ्चको तस्बिर खिच्न पनि दर्शकलाई लगाइन् । ती तस्बिर ज्योतिले आफ्नो फेसबुकमा राख्दा आफ्ना फ्यानका सकारात्मक र नकारात्मक प्रतिक्रिया पनि राम्रै पाइन् ।
विभिन्न स्थानमा हुने महोत्सवमा उनको माग ह्वात्तै बढेको छ । विदेशमा त झन् ज्योति नहुने हो भने कार्यक्रम नै खल्लो हुने गरेको उनका समर्थकको भनाइ छ ।
त्यसकारण पनि ज्योतिलाई सांस्कृतिक कार्यक्रमहरूमा सहभागी गराउनुपर्ने बाध्यता आयोजकलाई हुँदै आएको छ । (सौस)
प्रतिक्रिया