प्युठान, ८ वैशाख । उत्तरी प्युठानको दुर्गम क्षेत्र पूजामा लामो समयसम्म स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी बलदेव पाण्डेले ‘निक साइमन अवार्ड–२०१४’ पाएका छन् ।
निक साइमन इन्स्टिच्युटले सन् २००६ देखि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई दिँदै आएको पुरस्कार २१ वर्षसम्म जिल्लाकै दुर्गम क्षेत्रमा रहेर स्वास्थ्यसेवा दिने पाण्डेलाई दिइएको निक साइमन इन्स्टिच्युटका कार्यकारी निर्देशक मार्क जिम्मरम्यानले बताए ।
अवार्ड पाएका पाण्डेको स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य सङ्गठन र निक साइमन इन्स्टिच्युटका प्रतिनिधिहरूले स्थलगत अवलोकन तथा दुर्गममा पनि उत्कृष्ट स्वास्थ्य सेवा कसरी दिइयो भन्दै भ्रमण गर्नका लागि पूजा आउने तयारी गरेको जिल्ला जनस्वास्थ्य अधिकृत विशाल सुबेदीले बताए ।
अवार्ड लिँदै पाण्डेले दुर्गममा लामो समयदेखि विविध समस्याका साथमा सेवा दिँदाको पीडा अवार्डले भुलाएको बताए ।
प्रतिक्रिया