तेह्रौँँ जलबिन्दु सचेतना सप्ताह सम्पन्न

eye_campकाठमाडौं, २९ फागुन । जलबिन्दु रोगबाट बच्ने उद्देश्यले आयोजना गरिएको ‘१३औँ जलबिन्दु सचेतना सप्ताह’ सम्पन्न भएको भएको छ ।

फागुन २३ गतेबाट तिलगङ्गा आँखा अस्पतालमा सुरु भएको सो सप्ताह अवधिभरि ५५० जनाले आँखाको परीक्षण गराएका छन् । जसमा ३४९ जना पुराना र २५१ जना नयाँ रहेका रहेका छन् ।

नयाँ २५१ मध्ये १२ जनामा जलबिन्दु भएको पाइएको छ । १२ जनामध्ये पनि तीन जनालाई जन्मजात नै जलबिन्दु भएको डा प्रतिभा लामाले जानकारी दिइन् ।

तिलगङ्गा आँखा केन्द्र जलबिन्दु सहयोगी समूहले आयोजना गरेको सो सप्ताहमा जलबिन्दु रोगका बारेमा सचेत रहनसमेत आग्रह गरिएको थियो ।

जलबिन्दु आँखामा लाग्ने एउटा त्यस्तो रोग हो जसले विस्तारै आँखाको स्वास्थ्य स्नायु नसालाई बिगार्छ । यो रोग खुल्लाकोण जलबिन्दु र अकस्मात हुने जलबिन्दु गरी दुई प्रकारका हुन्छन् ।

डा लामाका अनुसार जलबिन्दु रोग दुःखाइबिना नै विस्तारै आँखाको चाप बढ्दै गइरहेको हुन्छ र आँखाको दृष्टि निकै कम भइसक्दासम्म पनि यो रोग लागेको मानिसलाई थाहा हुँदैन ।

“परिवारको कुनै सदस्यलाई जलबिन्दु भएको भएमा, ४० वर्षभन्दा माथि उमेर पुगेमा र मधुमेह, उच्च रक्तचाप, आँखाको चाप बढेको अवस्थामा जलबिन्दुका कारणले खतरा हुन सक्छ”, उनले भनिन् ।

जलबिन्दु रोग प्रायः पूर्णरुपमा निर्मूल गर्न सकिँदैन तर यदि सुरुकै अवस्थामा निदान गरी उपचार पाएको खण्डमा यसबाट हुने अन्धोपनबाट रोगीको दृष्टि बचाउन सकिन्छ ।

प्रतिक्रिया