जिप दुर्घटनामा चारको मृत्यु

धुर्कोट, ७ बैशाख । गुल्मी दरबारदेवीस्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबारदेवीस्थानबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज २५२९ नम्बरको जिप दरबारदेवीस्थान गाविस–८ स्थित म्याल पोखरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
जिप अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शनका लागि हिडेको एक मिनेटमै दुर्घटनामा परेको थियो । जिपका मालिकले गाडी पछाडि ल्याउने क्रममा सडकबाट ५० मिटर तल झरेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा नौ वर्षीय दिवस सारु, महेन्द्र कुँवर, जमुना खत्री र अर्घाखाँची बलकोटकी सानु मिया छन् । घाइतेलाई तम्घास अस्पतालमा सामान्य उपचारपछि पाल्पाको लुम्बिनी मेडिकल प्रवास लगिएको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया