पुलिस पुरुषतर्फ र एपिएफ महिलातर्फको च्याम्पियन

123456काठमाडौ, २२ चैत । दोश्रो राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस र महिलातर्फ एपीएफ क्लब शनिवार च्याम्पियन बने । अपराजित यात्रा कायम गदै नेपाल पुलिसले अन्तिम खेलमा एपीएफलाई २०–२५,२५–१८,२५–२१ र २५–१४ ले हराउदै १५ अंकका साथ उपाधि जित्यो । पुरुषतर्फ पश्चिमाञ्चल दोश्रो तथा एपीएफ तेश्रो भयो । महिलातर्फ एपीएफ पनि अपराजित रहदै पहिलो भयो । साबिक बिजेता न्यू डायमण्डले दोश्रो तथा नेपाल पुलिस क्लब तेश्रो भयो । पुलिसले अन्तिम खेलमा पश्चिमाञ्चललाई १४–२५,२५–११,१६–२५,२५–१८ र १५–९ को सेटमा हराउदै तेश्रो भयो ।
नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा महिलातर्फ एपीएफकी सरस्वती चौधरी तथा पुरुषतर्फ पुलिसका संजय अर्याल सर्वेउत्कृष्ट खेलाडी चुनिए । महिलातर्फको बिधागत उत्कृष्टमा सर्भरमा पुलिसकी चुडा खड्का,सेटरमा एपीएफकी बिनिता बुढाथोकी,डिफेन्समा न्यूडायमण्डकी सलिना श्रेष्ठ,स्पाईकरमा न्यूडायमण्डकै रमिला तन्डुकार र ब्लकरमा पश्चिमाञ्चलकी मनिसा चौधरी छानिए ।
त्यस्तै पुरुषतर्फको बिधागत उत्कृष्टमा सर्भरमा पश्चिमाञ्चलका अमृत क्षेत्री,सेटरमा पुलिसका इम राना,डिफेन्समा आर्मीका उमाकन्त केसी,स्पाईकरमा एपीएफका मिलन मल्ल र ब्लकरमा एपीएफका महेन्द्र श्रेष्ठ छानिए । १७ चैत देखि संचालित प्रतियोगितामा दुवै समूहका बिजेता टिमले १ लाख ५० हजार,उपबिजेताले ७५ हजार तथा तेश्रो स्थान हासिल गर्नेले ४० हजार रुपिया पुरस्कार पाए । महिला तथा पुरुष सर्वेत्कृष्ट खेलाडीले समान १५ हजार नगद प्राप्त गर्दा प्रत्येक बिधाका उत्कृष्टले जनहि ५–५ नगद प्राप्त गरे । महिलातर्फको सर्वेकृष्ट खेलाडीको शेरवहादुर खड्का स्मृतिका प्रतिस्ठान बालकोट १ भक्तपुर का अध्यक्ष तथा वैंकर पूर्व राष्ट्रिय खेलाडी रन्जन खड्काले सौजन्य गरेका थिए । बिजयी टिमलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,राखेप सदस्य–सचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया