काठमाडौं, १२ चैत । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली खेलकुद क्षेत्रको विकासका लागि निती र विधीको समन्वय आबश्यक रहेको बताएका छन् । खेलकुदको विकासका लागि गर्नुपर्ने गृहकार्यका विषयमा खेल पत्रकारहरुसंग अन्तरक्रिया गर्दै खेलकुमन्त्री पौडेलले खेलकुद निती र विधीको अभावका कारण समस्या रहेको र त्यसलाई समाधान गर्न आफूले प्रयास गर्ने बताए । उनले खेलकुदलाई सबैको प्रतिनिधिमूलक बनाउन आबशयक रहेको उल्लेख गर्दै आफूले परिषदमा लोकतान्त्रिकीकरण गर्ने बताए । मन्त्री पौडेलले परिषदमा अहिले पुरानै पञ्चायती विधि रहेको उल्लेख गर्दै विस २०६७ सालमा बनेको खेलकुद नितीलाई कार्यान्वयन गर्न सकेमात्रै पनि धेरै उपलब्धी हुने बताए । उनले भने, ‘नीतिमा एउटा छ, तर विधीमा अर्कै छ, त्यसलाई समन्वय गर्न सके खेलकुदको विकास हुनेछ । ’
नेपाली क्रिकेटले बंगलादेशमा गरेको प्रदर्शनबाट नेपाल भर खेलकुदको माहोल बनिरहेको बताउदै सरकार अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन तयार रहेको बताए । उनले निजी क्षेत्रले देखाएको तत्परतापनि खुसीको कुरा रहेको उल्लेख गर्दै नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले आफ्नै लगानीमा मैदान बनाउने जनाए । उनले अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न जग्गा प्राप्तीको लागि समेत गृहकार्य भइरहेको उल्लेख गरे ।
उनले खेलकुद क्षेत्रमा टयालेन्ट हन्ट लगायतका कार्यलाई समेत अगाडी बढाउने र खेलाडीको जेनेरसन ग्यापको अबस्थालाई समेत कम गर्ने योजना समेत अगाडी बढाउने बताए । उनले स्थानीय तहबाट नै खेलकुदको विकासका लागि कार्यहरु गर्न समेत मन्त्रालय तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया