सञ्जयको थकानरहित यात्रा

anchor copy
काठमाडौ, १ फागुन । उनी सपना देख्छन् । सपनमा रमाउछन् र सपना पुरा गर्न मरिहत्ते गर्छन् । अन्यले कमै गर्ने काम गर्छन् । प्युठानका यी २५ बषिृय अल्ट्रा धाबक सञ्जय पडित नया अभियानमा लागेका छन् । बिश्वकै सात वटै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने । यो अभियानमा उनी केही दिन पछि नै उनी अफ्रिकाको किलीमान्जारो हिमाल चढ्न त्यस तर्फ जादै छन् । उनको नाममा यस अनेकौ कीर्तिमान बनेका छन् र उनको कीर्तिमान आम समुदाय, शिक्षण सस्था र अन्य ब्यबपारिक सस्थाका थुप्रै सहयोगी हात सामेल छन् ।
‘द याक माउन्टेन वेयर’का उनी ब्रान्ड एम्बेस्डर हुन् । अनी केही दिन अघि मात्र ‘मेड इन नेपाल’ का पनि ब्रान्ड एम्बस्डर हुन् । कान्तिपुर इनटरनेसनल कलेजमा एम्बस्डर रहेका उनी छात्रबृत्तीमै अध्यन गरिरहेका छन् । गोल्डेनगुट उनको अर्को सस्था हो । उनी सडकमा कुदे । एक पटक औपचारिक रेसमा पनि कुदेका थिए । तर त्यस पछि उनी सडकमा रमाए । केही बर्ष पछि सडकमा नै आउने योजनामा रहेका छन् ।
दृढ यच्छा शक्ति भएका उनको जिन्दगीको बारे धेरै लामो योजना छ । सपना देख्छन्, योजना बुन्छन् र मरिहत्ते गरेर लागी पर्छन् । यसै क्रममा किलमान्जारोको अभियानकै बारे उनी भन्छन्, ‘जीन्दगी जोखीम हो । जोखीमसंग लड्ने बानी परिसकेको छ ।’ प्युठानको पहाडी जिवन विताएका उनको नाममा थुप्रै कीर्तिमान रहेको छ । मनास्लुृ तथा सगरमाथा चढ्ने उनी नेपालको पहिलो एथलेट हुन् । साथै २४१९ किलोमिटर दौडेर उनले नेपालकै महत्वपूर्ण कीर्तिमान कायम गरेका छन् । सगरमाथा चढ्ने उनी राप्तीका पहिलो ब्यक्ति । अनी यस खाले पृथक अभियान चाल्ने मध्यपश्चिम तथा सुदुर पश्चिमका पहिलो धाबक पनि हुन् ।
जिन्दगीको लक्ष्यका बारे उनी भन्छन्, ‘अरुले भन्दा फरक काम गर्ने र लगातार मिहेनत गर्ने ।’ कुनै दिन फेसर नेपाली म्याराथनमै फर्किएर उपाधि जित्ने उनको चाहना त छदैछ । यसको कारणको बारे पनि उनी प्रस्ट छन् । ‘अबको उमेरमा इन्डोरेन्स पावर बढी हुन्छ ।’
बर्षौसम्मको लगातारको मिहेनत, परिश्रम र थकानरहित यात्रामा उनले अझै पनि थुप्रै सहयोगी हातहरू र शुभेच्छुकको सद्भावको संयोग भएपछि थुप्रै कीर्तिमानको सभवना देखेका छन् ।

प्रतिक्रिया