गार्मेन्ट उद्योगमा आगलागी

काठमाडौं, २२ माघ । राजधानीको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा बुधबार बिहान आगलागी हुँदा एक करोड रुपियााभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–३४ वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्टमा विद्युत् सर्ट हुँदा आगलागी भएको बताइएको छ ।
बिहान आठ बजेतिर गार्मेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा एक करोड रुपियाँभन्दा बढीको धनमाल क्षति भएको छ । ठूलो परिमाणमा तयारी पोसाक जलेर नष्ट भएका छन् । पोसाक तयार पार्ने मेसिनमा समेत आगलागीले क्षति पुगेको छ । स्थानीयवासी र प्रहरीको प्रयासमा एक घन्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । उक्त गार्मेन्टमा उत्पादन हुने कपडा अमेरिकालगायत देशमा निकासी हुने गरेका छन् ।

प्रतिक्रिया