सार्कस्तरीय विज्ञहरूको बैठक

धनगढी, ६ माघ । सर्वसाधारणलाई सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तुका साथै विभिन्न मेसिनरी मालसामान बिक्री वितरण गर्न स्थापना भएको नेसनल ट्ेरडिङ लिमिटेडको धनगडी कार्यालयका कर्मचारी कामविहीन भएका छन् ।
मेसिनरी माल सामानको अभावसँगै पछिल्लो केही वर्षदेखि बिक्री वितरणको काम प्राय: ठप्प भएपछि कार्यालयका कर्मचारी कामविहीन बनेका हुन् । यो सँगै त्यहाँ कार्यरत सातजना कर्मचारी पाँच/छ वर्षदेखि घाम तापेर दिन काटिरहेका देखिन्छन् ।
बजारमा हुने कालोबजारी र महंगी नियन्त्रण गर्न टेवा पुर्‍याउन सर्वसाधारणलाई सहज एवम् सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुका साथै कृषि औजारसम्बन्धी माल सामान बिक्री वितरण गर्ने उद्देश्यले सरकारले २०२८ सालमा नेसनल ट्ेरडिङको स्थापना गरेको थियो ।
माल सामान नभएकाले बिक्रीको काम पनि प्राय: ठप्प भएको कार्यालयका प्रमुख कृष्णराज जोशीले बताए । माल सामान माग गर्ने गरिएकामा केन्द्रीय कार्यालयले नै बाहिरबाट सामान उपलब्ध नगराएकाले बिक्रीको काम पनि प्राय: ठप्प रहेको जोशीले बताए । विगतका वर्षमा वार्षिक लाखौंको कारोबार गर्ने यो कार्यालयले गत वर्ष करिब चार लाखको मात्रै माल सामान बिक्री गर्न सकेकामा चालु आवको पाँच महिनामा ८० हजारका माल सामान बिक्री गरेको छ ।
कार्यालयको गोदाममा राखिएका कतिपय मेसिनरी सामानमा खियासमेत लागेर काम नलाग्ने अवस्थामा छन् । कार्यालमा हाजिरी लगाएर दिन काट्नुबाहेक आफूहरूको कुनै काम नभएको कार्यालयका कर्मचारीहरूको भनाइ छ । मालसामानको अभावमा काम पनि नभएपछि कार्यालयको खालिरहेको गोदाम पनि यसै महिनाबाट साल्ट ट्ेरडिङ कर्पोरेसन लिमिटेडले मल भण्डारणका लागि भाडामा लिएको छ ।

प्रतिक्रिया