‘सौर्य’लाई पिजी सर्टिफिकेट

sourya

काठमाण्डौ, २४ मंसिर । पछिल्लो समयमा नेपाली चलचित्रमापनि दन्द्धका दृश्य निकै फस्टाउदै गएको छ । त्यस्तै क्रममा आउदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सुपर हिरोको कथानक चलचत्र ‘सौर्य’लाई चलचित्र जाँच पास समितिले पिजी सर्टिफिकेट दिएको छ ।
चलचित्र ‘सौर्य’ले पिजी सर्टिफिकेट पाएपछि यस चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा लानुपर्नेछ । चलचित्रमा द्धन्दका सिन धेरै भएको भन्दै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । यस्तै सेन्सर बोर्डले चलचित्रका केहि संवाद हटाउन र म्यूट गर्न आदेशपनि दिएको छ । हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र सौर्य’मा लुट अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही मुख्य भूमिकामा रहेका छन् । यस्तै चलचित्रमा राजेश हमाल र हेमा श्रेष्ठलाई पनि बिशेष भूमिकामा देख्न सकिने निर्माण युनिटले बताएको छ । चलचित्र ‘सौर्य’का निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन्, भने चलचित्रलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् । चलचित्र २ घण्टा ३० मिनेटको रहेको छ ।

प्रतिक्रिया