सहकारी बैंकको मुनाफा १० करोड

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०६९/७० मा ९ करोड ९९ लाख ८३ हजार रुपियाँ खुद नाफा कमाएको छ । ५० करोड ७५ लाख १० हजार रुपियाँ शेयर पूँजी रहेको बैंकले आर्थिक वर्ष २०६९/७० मा ४ अर्ब ९९ करोड ४० लाख ७६ हजार रुपियाँ निक्षेप संकल गरि ३ अर्ब २१ करोड ११ लाख २६ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको दशौं साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका प्रवन्ध संचालक केही उप्रेतीले सो मुनाफाबाट शेयर सदस्य संस्थालाई १३ प्रतिशत लाभाशं दिने बताए । राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आइतबारबाट शुरु भएको साधारणसभा सोमबार सम्म संचालन हुनेछ ।
यसै सभाबाट ५ वर्षका लागि संचालक समिति र लेखा समिति समेत चयन हुँदैछ ।
सभाको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी बैंकलाई सामाजिक आन्दोलनको रुपमा अघि बढ्न सुझाव दिएका छन् ।
अन्य बैंक तथा वित्तीय संस्थाभन्दा सहकारी बैंक फरक रहेकाले सामाजिक सेवातर्फ केन्द्रित हुन आग्रह गरेको छ । नाफा कमाउने भन्दा पनि सेवामुलक हुन पर्नेमा जोड दिए । ‘सहकारी कुनै कम्पनी जस्तो नहोस् र कम्पनी भएको पनि हेर्न चाहेका छैनौं ।’ उनले भने । पारदशी र अनुसासीत ढंगबाट संचालन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहकारी विभागका रष्ट्रिार केदार न्यौपानेले सहकारी क्षेत्रमा स्थापीत कृषि, उद्योग लगायतमा लगानी गर्नु पर्ने बताए । विशेष गरी कृषि क्षेत्रमा लगानी बढाई कृषिलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सहकारी मूमिका महत्वपूर्ण हुने भएकाले बैंकले पनि यस तर्फ जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया