एक करोडको सुन्तला बिक्री

तानसेन : पाल्पा जिल्लाको छहरा गाविसमा उत्पादित एक करोड बराबर सुन्तला जिल्ला बाहिर बिक्रि हुने गरेको छ ।
छहरा गाविस–५ अम्लाबास र सल्लेधाराबाट एक करोड मूल्यको सुन्तला जिल्ला बाहिर पठाउने तयारीमा यहााका सुन्तला किसान जुटेका हुन् । सुन्तलाखेतीको भण्डार भनेर परिचित मानिएको पाल्पा अम्लाबासका किसानले सुन्तलाबाट गत वर्ष प्रतिकिसान दुई लाखसम्म आम्दानी गरेका थिए ।
यसवर्ष पनि सुन्तला राम्रो उत्पादन भएका कारण उनीहरुले लाखाौ आम्दानी गर्ने सोचमा रहेका हुन् । छहरा–५ अम्लाबास बाहुनडााडाका झन्डै ३५ घरपरिवारले सुन्तलाखेती गर्दै आएको किसान नित्यानन्द पोखरेलले बताए । यस वर्ष किसानले सुन्तला दुई लाखभन्दा बढी मूल्य सुन्तला बेच्ने तयारीमा रहेको पोखरेलले बताए । सुन्तालका बोक्रा पातलो हुने र बढी गुलिया हुने भएकाले यहााको सुन्तला बढी बिक्री हुने किसानको दाबी छ । प्राङ्गारिक खेतीमार्फत सुन्तलाखेती गरिएका कारण सुन्तला बढी स्वादिलो हुने गरेको किसानले बताएका हुन् ।
यस वर्ष सुन्तला उत्पादन पहिलेका तुलनामा राम्रो भएको र सुन्तलाको भाउ समेत गत वर्षको तुलनामा राम्रो भएपछि किसान लाखाौ रकम आम्दानी गर्न सफल बन्ने सुन्तालका बोक्रा पातलो हुने र बढी गुलिया हुने भएकाले यहााको सुन्तला बढी बिक्री हुने किसानको दाबी छ ।
गाउामा फलेका सुन्तला रुपन्देही, नवलपरासी, कपिलवस्तु, नेपालगन्ज, काठमाडौं लगायतका जिल्लामा पुग्ने गरेको किसानको भनाइ छ । सुन्तला व्यापारीले बोट मै किन्न आउने र व्यापारीले लैजाने गरेको किसानले बताउछन् ।
सुन्तलाले पाल्पा जिल्लाका छहरा–५ अम्लाबासमा यस वर्ष झन्डै रु एक करोड सुन्तला निकासी गर्ने तयारीमा किसान लागेका छन् । यस वर्ष प्रतिकिलो ५० देखि एक सय सम्म सुन्तलाले बजार पाएका कारण एक करोडको सुन्तला जिल्ला बाहिर निकासी गर्ने तयारीमा रहेको स्थानीय नित्यानन्द पोखरेलले बताए । एउटा सुन्तलाको बोटमा दुई हजार सुन्तला फल्ने गरेको पोखरेलको दाबी छ ।

प्रतिक्रिया