काठमाडौं, २१ मंसिर । ट्वान्टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट टोलीलाई सशस्त्र प्रहरी बलले नगदसहित सम्मान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरीले नेपाली टोलीलाई नगद ४ लाख सहित सम्मान गर्यो ।
सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तले कप्तान पारस खड्कालाई ४ लाखको चेक हस्तान्तरण गरे। युएईमा यसै हप्ता सम्पन्न आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाल अर्को वर्ष बंगलादेशमा हुने टि –२० विश्व कपमा छनोट भएको थियो। ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टिमका ८ सदस्य सशस्त्रका खेलाडी हुन् ।
सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबका कप्तान पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराई र प्रदीप ऐरी छन् । सशस्त्रकै दुई खेलाडी पृथु बाँस्कोटा र सञ्जम रेग्मी चोटका कारण नेपाली टोलीमा सहभागी हुन पाएनन् । विभागीय क्रिकेट टिम बनाउने सशस्त्र पहिलो हा ।
प्रतिक्रिया