भुरेटाकुरे राजाहरूको पालादेखि नै अर्घाखाँची जिल्लाको ऐतिहासिक महत्व र पहिचान छुट्टै रहँदै आएको जिल्ला हो । पश्चिमाञ्चल क्षेत्रमा पर्ने यो जिल्ला लुम्बिनी अञ्चलमा पर्छ । सुन्दर डाँडाकाँडा, ऐतिहासिक स्थल र आºनै संस्कृति रहेको यो जिल्ला हिमालसँग नजोडिए पनि तराईको समथर भूमिसँग जोडिएको छ । अर्घाखाँची जिल्लामा पाल्पा, गुल्मी, प्युठान, दाङ, कपिलवस्तु र रूपन्देही जिल्लाको बीच भागको भूगोलमा छ । अर्घाखाँची नामकरणका सम्बन्धमा प्राप्त जनविश्वासअनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घका रूपमा दही चढाउँदा देवी उत्पत्ति भएकाले सो नामबाट अर्घा शब्दको बनेको हो भन्ने भनाइ छ । खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्ची भन्ने प्रचलन भएकाले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने तर्क पनि पाइन्छ । यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ । अर्घाखाँची पहिला अर्घा र खाची दुई राज्यमा विभाजित थियो । त्यसपछि २०१८साल भन्दा पहिले गुल्मी र अर्घाखाँची जिल्ला एउटै रहेको थियो ।
कुल क्षेत्रफल १,१९३ वर्ग किलोमिटर रहेको अर्घाखाँची जिल्लाको सबैभन्दा होचोस्थान ३०५ मिटर र सबैभन्दा अग्लोस्थान २५१५ मिटर रहेको यस जिल्लामा ४२ गाविसमा विभाजन छ । बिश्वको प्राचीन भाषा सस्कृतको भाषाको ब्याकरणको उत्पत्ती भएको र रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमिको रूपमा पहिचान भएको जिल्ला अर्घाखाँची । पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋृषिले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेको इतिहास छ । पाणिनी तपोभूमि क्षेत्र विश्वभाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अ, इ, उ, ऋ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको हाम्रो धार्मीक मान्यता रहेको छ । पाणिनी तपोभूमि (पणेना) साततले गुफा र दुर्वाशेश्वर गुफा (खिदिम) आलम देवीको मन्दिर (मैदान) सुपा देउराली छत्र मन्दिर (छत्रगञ्ज) नर्तनाचल पर्वत (नरपानी) अर्घाकोट (अर्घा) यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन । सस्कृत भाषाको उत्पत्ती भएको पणेना लेख,अर्घा र खाचीकोटको ऐतिहासिक महत्वको वारेमा अध्ययन, अनुसन्धान गर्नेहरूको लागी अर्घाखाँची जिल्लाको प्राकृतीक सम्पदाहरू महत्वपूर्ण स्थलको रूपमा लिने गरिएको छ ।
प्रकृतीको धनी जिल्ला मानिने अर्घाखाँची पर्यटनहरूको लागी पनि रमणिय जिल्ला मानिन्छ ।यस जिल्लाको प्राकृतिक सम्पदा, ऐतिहासिक कोट,गढी र धार्मीक स्थलहरूले अर्घाखाँची पुग्ने आन्तरिक एंव वाह्य पर्यटकहरू लाई लोभ्याउने काम गर्दछ । गोरुसिङ्े बाट अर्घाखाँची जिल्लाको सदरमुकाम संन्धिखर्क जाने मोटर मार्गमा पर्ने सुपादेउरालीले सवैलाई धार्मीक विस्वास दिएको छ । राजमार्ग गोरुसिंङ्गे बाट करिब ४४ किलोमिटरको दुरीमा रहेको सुपादेउराली मन्दिर डेड दशक अगाडी अर्घाखाँची वांगीका नारायण बाबाको अगुवाइमा मन्दिर निर्माण भएपछि सुपादेउरालीमा पुग्ने मानिसहरूको सख्यामा वृद्धिहुदै गएको छ । सुपादेउराली आजभोली धार्मीक पर्यटकिय स्थलको रूपमा विकास हुन थालेको छ । अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको सुपादेउरालीको मन्दिर सामुन्द्रिक सतह देखि करिव ४ हजार ५०० फिटको उचाइमा रहेको छ । गोरुसिङ्गे–सन्धिखर्क मोटरमार्ग किनारमा निर्माण गरिएको मन्दिर परिसरमा नवदुर्गा, महाकाली, महालक्ष्मी, शिवजी र गणेशलगायतका देवीदेवताको मूर्ती स्थापना गरिएको छ । जसले गर्दा आजभोली सुपादेउरालीमा आºनो भाकल लिएर पुग्ने मानिसहरूको भिड लाग्ने गर्दछ । एकादशि, औसी, कृष्णजन्माष्टमी, ऋषि पन्चमी, राम नवमी, महा शिवरात्री, श्रीपन्चमी र अष्टतृतियाका दिनहरूमा सुपा देउरालीको मन्दिरमा वली चढाइने गरिन्न । भाकलको वली चढाउने मानिसहरूले यि तिथीका दिन भने यादगर्नु पर्दछ । प्रत्यक वर्षको वैशाखी पूर्णिमाको दिन सुपादेउरालीमा ठूलो मेला समेत लाग्ने गर्दछ । उक्त दिन ठकुरी र खड्का थरहरूको कुलायन पुजा समेत हुने हुदा पहिला ठकुरीहरूद्धारा ल्याइएको वली पुजा नगरी अरु थरगोत्रहरूले ल्याएको वली नचढाउने प्रचलन पनि सुपादेउरालीमा छ । धार्मीक रूपले मात्र होइन सुपादेउराली प्राकृतीक रूपले पनि रमणिय छ । खाँचीकोट, नरपानी ठाडा जस्ता रमणिय पहाडी श्रृखलाबाट अर्घाखाँची जिल्लाका धेरै भू–भाग देख्न सकिन्छ । सुपादेउराली प्रती अर्घाखाँचीका मात्र नभएर अन्य जिल्लाका मानिसहरूमा समेत अपार धार्मीक विस्वास रहेको छ । सुपादेउरालीको दर्शन मात्र होइन अर्घाखाँची जिल्ला भाषाविदहरूको लागी पनि महत्वपूर्ण मानिन्छ ।
गोरुसिङ्गे बाट सन्धिखर्क जाने यात्रुवाहक वसहरू सुपादेउरालीमा पुगेपछि रोकिन्छन । सवैले सुपादेउरालीको दर्शन गर्दछन । आºनो मनोकाक्षा पुरा गर्दछन । बाटोमा पर्ने गोरुसिङ्े–सुपादेउराली बिचमा पर्ने ठाडाको ऐतिहासिक पोखरी र ठाडाबाट महाभारत पर्वत संग जोडिएर दक्षिण तर्फ नागवेली आकारमा फैलिएका सुन्दर हरियाली पहाडी श्रृखलाले सबैलाई आनन्द दिलाउछ । धार्मीक यात्रामा जाने मानिसहरूले धामीक आनन्द मात्र नभएर एकैछिन भनेपनि ठाडाको गाउँबाट प्राकृतीक आनन्द लिने गर्दछन । आजभोली बुटवल, पाल्पा, भैरहवा, कपिलवस्तु र आसपासका जिल्लाका विद्यार्थीहरू शैक्षिक भ्रमणको क्रममा पनि सुपादेउराली जाने गर्दछन । धार्मीक रूपले सुपादेउरालीको दर्शन गर्न जानेहरूको सख्यापनि प्रत्यक बर्ष बृद्धिहुदै गएको छ । दाङ्,सल्यान र नेपालगन्ज बाट समेत धार्मीक पर्यटकहरू सुपादेउराली पुग्ने गर्दछन । आजभोली अर्घाखाँची जिल्लामा सबैजसो स्थानमा सडक यातायात पनि पुगेको छ । आºनो निजी साधन हुनेहरू लाई अर्घाखाँची जिल्ला भ्रमण गर्न केहि गारो छैन । सुपादेउराली जाने मानिसहरूले कम्तीमा एकहप्ताको प्याकेज कार्यक्रम मिलाएर अर्घाखाँची घुम्नजादा धेरै धार्मीक एवं ऐतिहासिक महत्व वोकेका सम्प्रदाको बारेमा अध्ययन गर्न सकिन्छ । अर्घाखाँची पुगेपछि पुग्नै पर्ने स्थानहरूमा पाणिनी तपोभूमी पणेना लेख, साततले गुफा, दुर्वाशेश्वर गुफा, खिदिम, आलमदेवीको मन्दिरहरूको बारेमा अध्यन गर्न सके उपलव्धी मुलक मानिने छ । त्यसैगरी नर्तनाचल पर्वत, नरपानी, अर्घाकोट र खाची जिल्लाको प्रमुख ऐतिहासिक महत्वका सम्पदाहरू मानिन्छन ।
नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड कोतपर्वमा नै भएको थियो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्ष राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भाद्र ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषदका सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्या पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्तालगाउने सिलसिलामा एक अर्कामा भनाभन हुदा जंगबहादुर राणाका मानिस युद्धवीर अधिकारीद्धारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चकिर्दै हात हालाहाल तथा गोली हानाहान हुदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङग शाह, दुलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु :खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ बर्षको राणा शासनको उदय नेपालमा भएको इतिहास छ । तर कोतको इतिहासमा हत्याकाण्ड मात्र होइन ऐतिहासिक सस्कृतीको पनि थालनी भएको इतिहास पनि हामीबिच रहेको छ ।
प्रतिक्रिया