तीन महिना नि:शुल्क वाइफाई

काठमाडौ, १६ मंसिर । नेपाल टेलिकमले राजधानीलगायत देशका विभिन्न स्थानमा करिब तीन महिनाका लागि नि:शुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।

सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना नि:शुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।
टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ ।
यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । टेलिकमले यस वर्ष मुलुकभर करिब पाँच स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।
नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा नि:शुल्क वाइफाई सेवा प्रदान गरिने नेपाल टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाले बताए । टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो । टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताए । डाटा सेवाको पहुाच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ । राजधानीका अन्य स्थानमा पनि काठमाडौा महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ । यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् ।

प्रतिक्रिया