‘बुद्धकै कारण सबैभन्दा गौरवान्वीत नागरिक भएका छौ’

भैरहवा, १५ मंसिर । बुद्धकै कारण अन्य देशका नागरिक भन्दा नेपालीहरु सबैभन्दा गौरवान्वित भएको नवनिर्वाचित सभासद विण्णु पौडेलले जनाएका छन् ।

लुम्बिनी बुद्धिस्ट युनिर्भसिटीको ९ औ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्रि समेत रहेका पौडेलले लुम्बिनीको विकासको लागी प्राज्ञिक तवरबाट विश्वविद्यालयले महत्वपुर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे । नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका नेता पौडेलले विश्वविद्यालयको लागी आवश्यक जग्गा तथा भौतिक पुर्वधारको लागी आफुले र आफ्नो पार्टिले दत्तचित्त भएर सहयोग गर्ने समेत जनाएका छन् ।
नेता पौडेलले संसारमा नेपाल नचिन्नेहरुले बुद्धलाई चिन्ने तर नेपालीहरुले बुद्धलाई चिन्न नसकेकोले नै देश संक्रमणकालिन परिस्थीतीमा फसेको बताए । उनले विश्वको नजरमा लुम्बिनीको महत्व भए पनि, नेपालीले यसको महत्व नबुझेको कारण लुम्बिनीको उचीत विकास हुन नसकेको धाारणा व्यत्त गरे । नेता पौडेलले ०६४ सालको संविधानसभाले गर्न नसकेको काम, यो संविधानसभाले जसरी पनि गर्ने र समयमै संविधान जारी गर्ने समेत जनाएका थिए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.त्रिरत्न मानन्धरले सरकारले आवश्यक्ता अनुसार विश्वविद्यालयलाई सहयोग नगरेको गुनासो गरेका थिए । प्रा.डा.मानन्धरले विश्वविद्यालयलाई सबैभन्दा पहिला जग्गाको खाचो भएकोले सरोकारवालाले यस तर्फ ध्यान आकृष्ट गर्दै विश्वविद्यालयलाई चाहिने न्युत्तम १० विगाह जग्गा उपलब्ध गराइदिन स्थानिय र सरोकारवालाई आग्रह गरेका थिए ।
सो कार्यक्रममा रजिस्टार डा. पिताम्बरलाल यादवले लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयको विकास तिब्र गतिमा भएको, आवश्यक कर्मचारी संयन्त्र तयार भइसकेको बताएका थिए । तर अन्य विश्वविद्यालय जत्ति पनि लुम्बिनी बौद्धिस्ट विश्वविद्यालयले सहयोग नपाएको बताएका थिए ।
सोही अवसरमा विश्वविद्यालयका डिन भद्ररन्त ब्रजाचार्यले लुम्बिनीमा नै बौद्धिस्ट युनिर्भसीटिीको वार्षिक उत्वसब मनाउन पाउनु आफैमा महत्वपुर्ण भएता पनि विश्वविद्यालयको आवश्यक भौतिक संरचना नहुदा प्राज्ञिक र अनुसन्धानको क्षेत्रमा समस्या निम्तिएको बताएका थिए ।
कार्यकारी परिषदका सदस्य रमेश ढुंगेलले लुम्बिनी स्थित बौद्धिस्ट युनिर्भसिटी विश्वस्तरीय हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी अनुसन्धान प्रमुख केशव मान शाक्यले लुम्बिनी बौद्ध विश्विद्यालयलाई बुद्धिज्म फीलोसफीमा पुर्ण अनुसन्धानमूखी बनाउने विश्वविद्यालयको योजना भएको बताएका थिए ।
विश्वविद्यालयका प्रोफसर डा. गितु गिरीले लुम्बिनी बौद्धिस्ट विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने तथा यसको स्तर वृद्धिकोलागी सरकार र सम्बन्धित निकायले जग्गा तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएकी थिईन् । कार्यक्रमा सुगत बुद्धिस्ट कलेजका सानु भाइ डंगोल, प्राज्ञीक परिषदका सदस्य काशिनाथ न्यौपाने, उद्योग वाणिज्य संघका महासचिव कुलप्रसाद न्यौपाने, विद्याथी अन्जली लगायतले बोलेका थिए । केन्द्रिय क्याम्पसका प्रमुख इन्द्र काफ्लेको स्वागत तथा सहायक क्याम्पस प्रमुख तिलक आचार्यको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा भिक्षु मैत्री , प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थि, भिक्षुहरु, लुम्बिनी विकाष कोषका पुर्वसदस्य सचिव रामलाल श्रेष्ठ, विमल शाक्य, नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा , डा. बाबुराम ज्ञवाली, डा. माधव पन्थि, डा. हिरण्य ज्ञवाली, महाकाब्यकार मोदनाथ शास्त्री, सन्चारकर्मी, विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारी एवं स्थानिय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया