एघार आयोजनाको निवेदन खारेज

काठमाडौं, १३ मंसिर । विद्युत् उत्पादन अनुमतिपत्र पाउ भनी निवेदन दिएका विभिन्न ११ वटा आयोजनाको निवेदन खारेज भएको छ । उत्पादनका लागि आवश्यक योग्यता नपुगेको र समयमा नै निर्माणकार्य सुरु नगरेको भन्दै ती आयोजनाको निवेदन खारेज गरिएको जनाएको छ । खारेज भएका आयोजनाको कुल क्षमता ४६९.९८० मेगावाट रहेको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जनाकारी दिए ।

विभागका अनुसार यसरी खारेजीमा परेका आयोजनामा मिडिल सुपर दरौदी ४.४८ मेगावाट, हेवा खोला २.३ मेगावाट, तल्लो पामे खोला २.२० मेगावाट, माथिल्लो माई ए दुई मेगावाट, काली गण्डकी गोर्ज १६४ मेगावाट रहेको छ । त्यस्तै दाप्चा रोशी पाँच मेगावाट, न्यासिम खोला ३० मेगावाट, माथिल्लो त्रिशूली एक २१६ मेगावाटलगायत रहेको विभागले जनाएको छ ।
उत्पादनको अनुमति पाउ भनी विभागमा निवेदन दिएका तर कुनै पनि काम अगाडि नबढाएका
कारण निवेदन खारेज गरिएको सूचना अधिकृत पन्थको भनाई छ । यस्तै विभागले उत्पादन अनुमतिपत्र लिएका छ वटै आयोजनाको अनुमतिपत्रसमेत खारेज गरेको छ । ती आयोजनाको कुल क्षमता ५१ मेगावाट रहेको छ ।
विभागका अनुसार सर्वेक्षणका लागि अनुमति पाउ भनी निवेदन दिएका एक हजार तिन सय ९५ आयोजनाको पनि निवेदन खारेज गरिएको छ । कुनै पनि नाममा आयोजना ओगटेर बस्ने र काम अगाडि नबढाउने आयोजनाको अनुमतिपत्र खारेज गरिएको हो ।

प्रतिक्रिया