भैरहवा : भैरहवा स्थित नेपाल नेत्रज्योति संघद्धारा भैरहवामा सञ्चालित रण अम्बिका शाह आँखा अस्पताल विहीवार देखी ३० वर्षमा प्रवेश गरेको छ । स्थापनाको ३० बर्ष गाठको अवसर पारेर अस्पतालले उपचारका लागि शल्यक्रिया गरिएका २ सय ५० जना बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शल्मा केसी, अस्पतला ब्यवस्थापन समितिका सदस्यहरु राजेन्द्र पन्थी, निधानचन्द्र श्रेष्ठ, गणेश क्षेत्री, अस्पतालका ब्यवस्थापक आमोद सिंह लगायतका कर्मचारीहरुले फलफूल वितरण गरेका थिए । अस्पतालले आँखा उपचारका लागि नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, पाँचथर, प्युठान लगायतका ठाउँमा अस्पताल तथा उपचार केन्द्र संचालन गरेको छ भने नेत्र सहायक र नेत्र बिशेषज्ञ अध्यापन गराउदै आएको छ । (सौस)
प्रतिक्रिया