वल्र्डकप इन नेपाल बजारमा आउने

world-cup-in-nepalकाठमाडौ, १२ मंसिर । पछिल्लो समय नेपाली फुटबलले सबै क्षेत्रमा प्रभाव पार्‍यो । नेपाली कर्पोरेट क्षेत्र फुटबलले प्रभावित भयो । नेपाली बजारमा फुटबलले प्रभाव पारिरहेको समयमा चलचीत्र क्षेत्र पनि यस बाट मुक्त रहन सकेन । खासमा युवा जमातको फुटबल क्रेजका कारण हरेक समुह यसलाई ब्यबसाय बनाउन सक्ने कुरामा सहमत हुदै गए । नेपालमा लोकप्रीयता र यसको सम्भावनाको बारे नेसनल मुभी मेकर्सका प्रकास थापा र सृजना्त्मक छबी बनाएका निर्देशक राम शरण पाठक पनि प्रभावित भए ।

नेपालका लागि बिश्वकप सहभागिता बर्तमान परिश्थीतीमा लगभग असम्भब नै हो । तथापी नेपाली बाल खेलाडीको बिश्शवकप खेल्ने सपनालाई प्रकासले पर्दामै भए पनि उतारेका छन् ‘ वल्र्डकप इन नेपालको माध्यमबाट ’ । गत बर्ष नै तयार भएको यो फील्म पछिल्लो समय च्यारिटी सोमा ब्यस्त छ । सुरुमा काठमाडौमा च्यारिटीमा ब्यस्त यो चलचीत्रको यसै साता हेटौडामा च्यारिटी भयो । यस अघि जेरुसेलममा पनि यो चलचीत्रले ‘ फेस्टीबल इन इस्ट एसिया’ मा सहभागिता जनाएको थियो । चलची नेपालको विशोष् मुभी घोषित भइसकेको छ ।
फुटबलसंग सम्बन्धीत पहिलो नेपाली चलचीत्र वल्र्ड कपप इन नेपाली सफल हुने कुरामा निमार्ता प्रकास थापा बिश्वस्त रहेका छन् । फरक धारको भएका कारण यो चलचीत्र सफल हुने कुरामा हामी बिश्वस्त रहेका छौ । ’ थापा भन्छन् । गोरखाको वारपाक मुख्य क्षेत्र रहेको चलचीत्रको सुटिङमा सबै कलाकारले उत्तिकै मिहेनत गरेका कारण पनि सफल हुने कुरामा पाठक बिशवस्त रहेका छन् । संयोगबस पहिलो अन्तराष्ट्रिय गोल गरेका फुटबल यम बहादुर घलेकै गाउमा चलचीत्रको छांयाकन भएको छ ।
यो चलचीत्रमा एन्फा एकडेमीका खेलाडीको अभिनय जिबन्त रहेको समेत पाठक बताउछन् । ‘ स्टार फुटबलर बन्ने सपनाका साथ एकडेमीमा रहेका बाल खेलाडीको अभीनयले चलचीत्रले राम्रो बजार पाउने छ। ’ थापाले भने ।
‘ हाम्रो नाफा कमाउने उद्धेश्य मात्र होइन । नेपालमा रहेका फुटबल लभरको सपनालाई सम्बोधन गर्नु पनि हो । ’ नेपाली फुटबल क्षेत्रका लागि चलचीत्र प्रभावकारी हुने कुरामा आशाबादी रहको थापा बताउछन् ।
एन्फा एकेडेमीका उमेस थापा, सागर लामा,प्रबिण तामाङ, ऋषि थापा मगर,विपिन सापकोटा, राम फागु, बिसाल र पर्वत सुब्बबाले चलचीत्रमा अभीनय गरेका छन् । यसका अलावा गीरी प्रसाद पुन:, सर्मीला शर्मा, कुलचन्द्र पुरी, गोपाल अयाृल, संगम राइ र सोनु केसी पनि कलाकार रहेका छन् । नेचुरल मुभि मेकसको ब्यानरमा रहेका चलचीत्रमा राम तामाङ पनि निर्माता रहेका छन् । यस अगाडी मैना जस्तो् फरक धारको चलचीत्रका कारण चर्चामा आएका पाठक भने हरके कलाकारले मिहेनत गरेका काराण् चलचीत्र अत्याधीक सफल हुने कुमरा आशादी रहेका छन् । ‘ कलाकारको मिहेनतका कारण मेरा वगतका चलचीत्र पनि सफल भएका थिए । मलाइ ब्शिवास छ यो चलचीत्र पनि सफल हुने छ। ’ पाठकले भने ।
राजु भण्डारीको सम्पादन रहेको चलचीत्रमा मनीस पन्त र रत्न कार्कीका छायांकन रहेको छ । जुगल श्रेष्ठको संगीत रहेको चलचीत्रको नृतत्य निर्देशक कृष्ण भक्त मर्हजन छन। इजरायलमा समेत प्रदर्शन भइसकेको यो चलचीत्र केही महिना पछि नेपालमा प्रदर्शन गरिने तयारी रहेको निर्माता प्रकास बताउछन् ।

प्रतिक्रिया