खुद्रा व्यापार बढ्यो

वीरगन्ज : संविधानसभा सदस्य निर्वाचनबाट विजयी हुनेहरू खुुसी हुनु र पराजित हुनेहरू दु:खी हुनु स्वाभाविक भए पनि यहाँका खुद्रा व्यवसायी भने अहिले निकै खुसी भएका छन् ।
निर्वाचनपछि वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस अगाडि भेला हुनेले व्यापार बढाइदिएका हुन् । ठाकुरराम क्याम्पस अगाडि बदाम, भुजा पकौडीसहित खाद्यपदार्थ र फूल बिक्री गर्ने खुद्रा व्यापारी एक जनाले मतगणना सुरु भएदेखि शनिबारसम्ममा २० हजार बढीको व्यापार गरेको बताएका छन् ।
क्याम्पस अगाडि बदाम बिक्री गर्दै आएका सन्तोष यादवले तीन दिनमा २० हजारभन्दा बढीको व्यापार गरिएको बताए । त्यस्तै पुष्प व्यवसायी रामधानुक साहले उम्मेदवारका लागि आफूले मात्रै ५० हजारको फूलको माला बिक्री गरेको जानकारी दिए । सो अवधिमा यहँँ बसेका व्यापारीले लाखौँको व्यापार गरेको अनुमान गरिएको छ ।
उनीहरू विजय र पराजयभन्दा पनि निर्वाचनले व्यापार बढाएका कारण खुसी भएका हुन् । ‘निर्वाचनले कसैलाई दु:खी बनायो होला, कसैलाई खुसी तर मलाई भने व्यापार राम्रो भएकामा खुसी लागेको छ ।’ पुष्प व्यवसायी साहले भने । (सौस)

प्रतिक्रिया