लगानीको वातावरण बनाउन व्यावसायीको माग

काठमाडौं, ९ मंसिर । राजनीतक दलहरुले निर्वाचनको परिणाम स्वीकार गर्न नसक्दा व्यबसायीहरुले आफूहरु अन्योलमा परेको बताएका छन् । निर्वाचनको परिणाम स्वीकार गरेर आर्थिक समृद्धिको विकासमा अघि बढ्न निजि क्षेत्रले माग गरेका छन् । मिडिया इन्टरनेसनलले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले लगानीको वातावरण बनाउन समेत राजनीतिक दलहरुसमक्ष आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज राज कर्णीकारले एमाओवादी लगायतका सबै दललाई निर्वाचनको परिणाम स्वीकार गरेर आर्थिक योजनातर्फ अघि बढ्न अनुरोध गरे । उनले देशको अर्थतन्त्र धरासायी हुँदै गएको उल्लेख गर्दै अब पनि आन्दोलन र हड्तालका कुरा कसैले गर्छ भने त्यसका विरुद्ध निजि क्षेत्र सक्रिय रुपले लाग्ने बताए ।
देशको आर्थिक विकासमा दलहरुले अघि सारेका प्रतिबद्धता र घोषणापत्रमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गर्न पनि उनको आग्रह थियो । अब बन्ने नयाँ सरकार स्थायीत्व हुने विश्वास व्यक्त गर्दै राजकर्णीकारले अव आर्थिक एजेण्डामा देश अघि बढीसकेकोले स्वरोजगार र लगानीका लागि सक्रिय रहनु पर्नेमा जोड दिए । ‘लगानीको वातावरण तयार भएमा लगानीका लागि स्वदेशी र विदेशी निकायलाई उद्योग बाणिज्य महासंघले अनुरोध गर्ने छ ।’ उनले भने– ‘चाइनाबाट आएको विजनेश टोलीसागको भेटमा पनि चाइनाका लगानीकर्त नेपालमा लगानी गर्न उत्सुक रहेको र सबैभन्दा पहिला लगानीको वातावरणका लागि दलहरु तयार हुनुपर्छ ।’
तयस्तै राष्ट्रिय व्यबसायीक पहलका महासचिव एवं चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारले निर्वाचनको मत परिणामलाई दलहरुले स्वीकार गर्न नसक्दा निजि क्षेत्र चिन्तित रहेको बताए । जनताले दिएको मतको कदर गरेर परिणाम स्वीकार गर्न आग्रह गर्दै आर्थिक एजेण्डाहरुलाई कार्यान्वयनतर्फ अघि बढाउन राजनीतिक दलहरुलाई आग्रह गरे । दलहरुले अघि सारेका आर्थिक एजेण्डाहरु राम्रा भएपनि कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यसतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका हिमालय सिमापार वाणिज्य संघका बरिष्ठ सचिव भिम पौडेलले निर्वाचन पछि मुलुक स्थायीत्व ढंगले अघि बढ्ने अपेक्षा गरीएका बेला एमाओवादी लगायतका दलले परिणाम स्वीकार नगर्दा अन्योलको अबस्था सृजना भएको बताए । उनले संविधानसभा पछि देशको अर्थतन्त्रको भविश्य आशालाग्दा रहेको बताउँदै सबै दलहरुलाई अर्थतन्त्रमा बढी ध्यान दिन अनुरोध गरे ।

प्रतिक्रिया