काठमाडौं : संविधानसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला नेपाल टेलिकमको नेटवर्कमा कल तथा एसएमएस गर्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि रहेको छ । तिहारलगत्तै निर्वाचन आएकाले टेलिकमको नेटवर्कमा सो सङ्ख्या उल्लेख्य बढेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले जानकारी द्रिए ।
संविधानसभा निर्वाचनको मिति ४ मंसिर सम्म मतदाता मतदान गर्नका लागि जिल्ला–जिल्लामा गएका कारण काठमाडौं उपत्यकाभन्दा काठमाडौं बाहिर नेटवर्क व्यस्त रहेको उनले बताए । मतपरिणाम आदानप्रदान गर्न मोबाइल फोन प्रयोगकर्ताले एसएमएस बढी गर्ने भएकाले पनि यस्तो देखिएको टेलिकमको बुझाइ छ । हाल टेलिकमको नेटवर्कमा दैनिक १४ देखि १५ लाख एसएमएस हुने गरेको छ । सामान्य समयमा दैनिक १० लाख एसएमएस हुने गरेको थियो । यस्तै मोबाइल फोन प्रयोगकर्ताले भने दसौ तिहारपछि निर्वाचनको दिन र हालसम्म समान्य समयमाभन्दा ३० प्रतिशत बढी कल गरेका छन् । निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेपछि पनि नेटवर्कको ट्राफिक समान्य समयभन्दा ३० प्रतिशतनै बढीरहेको प्रवक्ता प्रधानको भनाइ छ । यस्तै सिडिएमए नेटवर्कमा पनि फोन र एसएमएस गर्नेको सङ्ख्या समान्य समयमाभन्दा बढीरहेको छ । (सौस
प्रतिक्रिया