कृत्रिम मूल्यवद्धि गर्नेलाई कारबाही

Krishnahari-Baskotaकाठमाडौं, ३ मंसिर । बन्दहडताल र निर्वाचनको समयमा कृतिम मूल्य बद्धि गर्नेलाई तत्काल कारबाही गरिने मन्त्रिपरिषदका सचिव कृष्णहरि बास्कोटाले बताएका छन् ।

चाडपर्बको बेला मूल्यमा वृद्धि हुनु स्वाभाविक रहेको तर अहिले कुनै पनि सामानको अभाव नभएको बताए । ‘जब देशमा अनुगमन हुँदैन, व्यवसायीले कालोबजारी गर्न थाल्छन् तब देशमा मुल्य वृद्धि हुन्छ’ भन्दै उनले तिब्र गतिमा अनुगमन गर्न वाणिज्य विभागलाई निर्देशनसमेत दिएको आइबार मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सबै खाद्य वस्तुको प्रयाप्त मात्रामा स्टक रहेको र नुन अहिले ८२ मेक्ट्रिक टन रहेकोले उनले बताए । देशमा जब राजनीतिक संक्रमण देखा परेकाले व्यापारीले कृतिम अभाब सृजना गरेको भन्दै उनले व्यापारीप्रति आक्रोस व्यक्त गरे । माग र आपूर्तिबीच सन्तुलन मिल्न नसकेको समयमा मौकाको ताकमा रेहेका काला बजारीयाहरू जुरमुराएका बखत बजार अनुगमन गर्ने निकाय शिथिल भएको र उपभोतmाहरू अनावश्यक रूपमा वस्तुको संचय गर्न उद्धत रहेकोले देशमा कृतिम मुल्य वृद्धि गरिएको उल्लेख गरे । नेपालको भारतसँग खुल्ला सिमाना भएको र व्यापारको ठुलो अंश भारतसँग जोडिएकोले पनि त्यहाँको मुल्य वृद्धिले नेपालमा पनि प्रभाब पर्ने उनले उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै बाणिज्य बिभागका प्रमुख नारायणप्रसाद विडारीले आफुहरूले विदाको वेलामा पनि अनुगमन गरिरहेको बताउँदै कृतिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गरीने दाबी गरे । जसले उपभोग्य वास्तुमा कालोबजारी गर्दछ, त्यसलाई आफुहरूले कारबाही गर्न पछि नहट्ने भन्दै विडारीले देशमा अहिले कुनै पनि उपभोग्य बस्तुको हाहाकार नरहेको र उपभोक्तालाई नआत्तिन आग्रह गरे । त्यस्तै बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले ढुवानिको भाडा बढेको हुनाले पनि तरकारीको मुल्य बढेको बताए । आफुहरूसँग कुनै पनि तरकारीको अभाब नरहेको र अनावस्यक रूपमा आएको खबरको पछि नलाग्न उनको भनाई थियो ।
राज्यतर्फबाट पनि कृषकलाई अनुदानको व्यबस्था गर्न सके तरकारी मुल्यमा एकरूपता आउने पनि उनले बताए । त्यस्तै कार्यक्रममा कालिमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना प्रमुख रमेश डंगोलले यो हप्ता तरकारीमा त्यस्तो मुल्य वृद्धि नभएको बताए । एक वर्ष अगडिको भन्दा तरकारीमा केहि मुल्य वृद्धि भएपनि भाउ भने नआकासिएको उनको दावी थियो । विगतमा कालिमाटिमा दैनिक सातसय देखि सातसय पचास मेट्रिक टन भित्रिने गरेकोमा अहिले दैनिक ३ सय ५० टन सम्म मात्र तरकारी भित्रिने गरेकोले पनि तरकारीमा केहि मूल्य वृद्धि भएको बताए ।
सोही कार्यक्रममा बोल्दै उपभोक्ता मञ्चका अध्यक्ष ज्योती बाँनीयाले देशमा आलु, प्याज, नुन, तरकारी, फलफुलहरूमा धेरै नै मुल्य वृद्धि हुने बताउँदै बानियाँले व्यवसायिको मनोमानिले उपभोक्ता ठगिने गरेको उल्लेख गरे । सरकारको नियगमनको व्यबस्था नहुनाले महंगो मुल्यमा उपभोक्ताले सामान किन्नु परेको र विचैलियाको मनोमानीको कारण मूल्यमा ह्रास आउने गरेको उनले बताए ।

प्रतिक्रिया