बर्दिया, २ मंसिर । बर्दियामा अपरिचित समूहले दुई स्थानमा राखेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
मोतिपुर–७ स्थित एमाओवादीका प्रत्यक्ष तर्फका उम्मेदवारको घर अगाडि आज (आइतबार) शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
ठाकुरद्धारा गाविसको ठाकुरबाबा मन्दिरको उत्तर तर्फ बाटोमा राखिएको शंकास्पद बस्तुलाई पनि सेनाले निष्क्रिय बनाएको छ ।
प्रतिक्रिया