तनहुँ क्षेत्र नं. २ को राजनीतिक चिरफार

संविधानसभाको निर्वाचनको मिति ०७० मंसिर ४ गते नजिकिदै जाँदा तनहूँमा पनि चहलपहल ह्वात्तै वढेको छ । विशेष गरेर काग्रेसका उपसभापति रामचन्द्र पौडेलको क्षेत्र विशेष भएकोले पनि यस क्षेत्रको चर्चा राष्ट्रिय तथा स्थानिय स्तरमा वढेको हो । ०६४ सालमा भएको पहिलो संविधान सभाको चुनावले संविधान निर्माण गर्न नसकेपछि हुन लागेको यो संविधान सभामा सदस्य चयन हुने विषय ले महत्व पाएको छ । केहि दल विशेषको विरोधको वावजुद हुन लागेको यो संविधान सभाको चुनावमा को विजय र को पराजय हुने विषय अहिले तनहुँको क्षेत्र नं २ मा सर्वत्र चासोको विषय वनेको छ । तनहुँ जिल्ला आफैमा पनि राजनितिले उर्वर क्षेत्र मानिन्छ । यहाँ वाट राजनिति गरेर केन्द्र र सरकारमा विशेष पहुँच पुरयाएका कारणले राजनितिमा यो क्षेत्रलाई उर्वर भुमि मानिन्छ । विशेष गरेर काग्रेस पार्टीवाट यहि जिल्लावाट प्रतिनिधि भएर गएका गोविन्दराज जोशी, रामचन्द्र पौडेल जस्ता नेताहरू सरकारको मुख्य मन्त्रालयमा रहरे सिगो देश नै चलाएका नेताहरू हुन् जसले पटक पटक सरकारमा रहँदा, गृहमन्त्रि, स्थानिय विकास मन्त्री, शान्ति मन्त्रि भएर राज गरिसकेका छन् । यहि सन्र्दभमा अव हुने संविधान सभाको चुनावमा कसले जित्ने भन्ने विषय अहिले प्राथमिकतामा परेको छ ।
तनहुँको क्षेत्र नं २ मा हालको संविधान सभाको निर्वाचनमा विशेष गरेर तीन ठुला दलहरू नेपाली काग्रेस, एमाले र एनेकपा माओवादी नै प्रतिस्पर्धा हुने देखिन्छ भने अन्य दलहरू अस्तित्वमा रहेता पनि यिनिहरूको भुमिका प्राय: उपस्थितीमात्र देखिन्छ । यो क्षेत्रमा नेपाली काग्रेसले राष्ट्रिय राजनितिमा प्रभाव पार्ने तथा विगतकै निरन्तरता नेपाली काग्रेस केन्दिय्र उपसभापति रामचन्द्र पौडेललाई उठाएको छ भने नेकपा एमालेले नयाँ अनुहारलाई मैदानमा उतारेको छ । विगतको संविधानसभामा नेकपा एमालेवाट टिकट पाएर हार वेहोरेको पि. एल श्रेष्ठको ठाँउमा युवा नेता, निर्भिक, निडर र नेतृत्व गर्न सक्ने कृष्णकुमार श्रेष्ठ किसानलाई अघि सारेको छ भने एनेकपा माओवादीले जनयुद्धमा भुमिगत रहि लडाई लडेका जुझारु, युवा नेता र एनेकपा माओवादीको २ नं क्षेत्रका ईन्चार्ज मदन आले लाई उठाएको छ । समग्रतामा सवै नेताले आफुले जित्ने दावी गरेता पनि कसले जित्छ यसै भन्न सकिने अवस्था भने छैन । तीनै दलहरू आफुले जित्ने दावी सवै गाँउ दौडाहामा निक्लेका छन् ।
(क) नेपाली काग्रेस:– क्षेत्र नं २ मा पहिलो संविधान सभाको निर्वाचनमा १८,९७० मत प्राप्त गरि भारी मतका साथ विजय भएका पौडेल नेपाली काग्रेस भित्र केन्द्रिय समितिमा तेश्रो वरियातामा रहेका व्यक्ति हुन् रामचन्द्र पौडेल । तनहुँ जिल्लाको क्षेत्र नं १ को सतिश्वरा गाविसको वाहुनपोखरामा जन्मेर राजनिति गरेका पौडेल निरन्तर राजनितिमा सक्रिय रहदै अहिले पार्टी उपसभापति छन् । राष्ट्रिय राजनितिमा नै राम्रो पहँुच वनाएका पौडेल ०४८ सालमा क्षेत्र नं १ वाट निर्वाचित वनेर कृष्णप्रसाद भट्ठराइको नेतृत्वमा वनेको सरकारमा स्थानिय विकास मन्त्री वनेर सरकार संचालन गरिसकेका छन् भने त्यसपाश्चात उनि ०५१ सालको चुनावमा गिरिजा प्रसाद कोईरालाको नेतृत्वको सरकारमा पुन स्थानिय विकास मन्त्रालय सम्हालेका थिए । त्यति मात्र नभै पौडेल ०५६ सालको निर्वाचन पाश्चात सभामुख हुदै ०५७ सालमा देशका नै गृहमन्त्री वनिसकेका छन् । ०६३ साल माघ १ गते तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोईरालाका मन्त्रिमण्डलमा वरिष्ठ मन्त्रि तथा शान्ति तथा पुर्ननिर्माण मन्त्री वनेका पौडेल २०६४ सालको संविधान सभाको निर्वाचनमा यहि क्षेत्र नं २ वाट विजय भएर नेपाली काग्रेसको संसदीय दलका नेता वनेर सरकार तथा पार्टीमा निरन्तर क्रियाशिल रहेको पाईन्छ । विधार्थी राजनिति वाट नै निरन्तर राजनितिमा सक्रिय रहेर जिल्ला सभापति रहदै केन्द्रमा छुट्टै पहिचान स्थापित गरेका नेता हुन् । राष्ट्रिय राजनितिमा सधै केन्द्रभागमा रहेर आफनो भुमिका स्थापित गर्न सफल पौडेल ०४८ सालदेखि ०६४ सालसम्म निरन्तर सरकारमा रहेर राज गर्दे आईरहनु भएका नेता हुन् । भलै २०६४ सालको संविधान सभाको निर्वाचन पाश्चात नेकपा माओवादीको सरकार पछि प्रधानमन्त्रि हुन १७ पटक प्रयास गरेता पनि सफल हुन नसकेपछि उनि हाल सरकार विहिन वनेका छन् । विद्यार्थी र जिल्ला तहमा रहदाँ त्यागी, कर्मठ, नेताका छवि वनाएका पौडेल सरकार र केन्द्रमा पुगेपछि कार्यकर्तालाई उपेक्षा गर्न छाडेर आत्मकेन्द्रित र आसेपासेका मात्र कुरा सुन्ने प्रवृत्ति हावी हुदै गएका आम कार्यकर्ताको वुझाई रहेका छ । संकुचित सोचाई र कार्यकर्ताको मनोभावना वु्झन नसक्ने नेताका रूपमा चित्रित पौडेल पटक पटक सरकारमा रहेर पनि उल्लेख्य योगदान र विकास गर्न नसकेको आरोप आम जिल्लावासीले लगाउने गरेका छन् । जनताले पटक पटक विश्वास गरेर हरेक निर्वाचनमा जिताएर पठाएता पनि आफनो क्षेत्र र जिल्लामा तुलनात्मक रूपमा विकास गर्न नसकेको कारण आम कार्यकर्ता रुष्ठ वन्न पुगेका छन् भने त्यसैको परिणाम हो रामचन्द्र पौडेलका वागी उम्मेदवारी दिएर रामचन्द्रको अधिनायकवादको वारेमा उद्घोष सहित चुनावी प्रचार प्रसारमा जुटेको पुर्ण वहादुर गुरुङ्गको उम्मेदवारी । पटक पटक अवसर पाएर पनि केहि गर्न नसकेको आरोप लगाएर युवा को जत्था नै वागी उम्मेदवार पुर्ण वहादुरको प्रचार प्रसारमा हिडेपछि र काग्रेसका कर्मठ कार्यकर्ता हरिसिंह गुरुङ्गको संघिय समाजवादी प्रार्टी प्रवेशसँगै तनहँुको क्षेत्र नं २ मा काग्रेस र पौडेलको भविश्य के हुने भन्ने विषयले प्रधानता पाएको छ ।
(ख) एनेकपा माओवादी:– तत्कालिन नेकपा माओवादी र हालको एनेकपा माओवादी पहिलो संविधान सभाको निर्वाचनमा तत्कालिन उम्मेदवार डम्वर वहादुर विकले ११०५० मत ल्याई दोश्रो स्थानमा रहि पराजय भोग्नु परेको थियो । तर अहिले परिस्थिती नै फरक भएका छ । तत्कालिन नेकपा माओवादीका उम्मेदवार डम्वर वहादुर विक अहिले नेकपा माओवादी गठन गरि यो संविधान सभाको निर्वाचनलाई जसरी पनि वहिष्कार गरि असफल वनाउने खेलमा रहेको छ । पार्टी फुटको असरसँगै यो जिल्लामा नेकपा माओवादी वलियो शक्तिको रूपमा देखिन्छ भने एनेकपा माओवादी रक्षात्मक अवस्थामा । आफनो पार्टी वाट अलग वनेर वनेको पार्टीको विभिन्न अड्चनका वावाजुद यस क्षेत्रका उम्मेदवार वनेका मदन आले उक्त पार्टीका क्षेत्र नं २ का ईन्चार्ज हुन भने राज्य समिति सदस्य पनि ।
(ग) नेकपा एमाले:– नेपाली काग्रेसको गढ भनि चिनिने २ नं क्षेत्रमा जसरी पनि यसपटक जित्ने अभिप्राय स्वरूप पार्टीले उम्मेदवार वनाएका व्यक्ति हुन् कृष्णकुमार श्रेष्ठ ‘किसान’ । हरेक पटकको निर्वाचनमा सधै दोश्रो र तेश्रो वनेर हारको स्वाद पटक पटक चाखेको नेकपा एमाले यसपटक जसरी पनि जितेर जितको अनुभति लिने अभियानमा लागेको छ । ०६४ सालको संविधान सभाको निर्वाचनमा ८,८९२ मत प्राप्त गरि तेश्रो स्थानमा रहेको नेकपा एमाले अहिले जसरी पनि जनताका माझ र समस्यामा पुगेर जित्ने अभियानमा रहेको छ ।
निर्वाचन आयोगको आकडाँ अनुसार यस क्षेत्र नं २ मा ०७० साल असार मसान्त सम्म १८ वर्ष पुगेका र मताधिकार व्यक्ति को संख्या महिला ३१,७१४, पुरुष २६,५८१ गरि कुल ५८,२९५ देखिन्छ, ताकि पहिलो संविधान सभाको निर्वाचनमा यसको कुल संख्या ९३,३८० थियो भने खसेको मत ४७,८०९ थियो । यसमा पनि सदर मत ४४,९८६ र वदर मत २,८२३ देखिन्छ । यो आकंडा अनुसार पहिलो संविधान सभामा कुल मत संख्याको ४५,५७१ मतदाताले मताधिकार नै प्रयोग गरेका थिएनन भने यो भने कुल मत ४८.८०% ले निर्वाचनमा भाग लिएका थिएनन । त्यो स्थिती अहिले छैन अहिले कुल मतदाता संख्या क्षेत्र नं २ का मात्र ५८,२९५ देखिन्छ भने पहिलो संविधा सभालाई आधार मान्ने हो भने त्यति नै मतदाताल भोट नहाल्ने हो भने यसको संख्या जम्मा २९,८४७ मात्र हुन आउँछ त्यसैले गर्दा यो निर्वाचनमा के हुन्छ यसै भन्न सकिन्न । त्यसमा मत वदर ३% लिने हो भने मतदाताको संख्या अझ घट्न जान्छ । कुल मतदाताको संख्यामा पहिला को तुलनामा अहिले ३७.५७२% अथवा ३५०८५ कम छ । (पहिलो संविधानसभाको मतदाता संख्या ९३,३८० – हालको मतदाता संख्या ५८,२९५र्‍ ३५,०८५ अथवा ३७.५७२% हो) । यसमा निर्वाचनमा भाग नलिने र विदेश जानेको ठोस आकडाँ नहुदाँ यो निर्वाचनमा कसले वाजी मार्ला भन्ने कुरामा यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया