बढी खर्च नगर : आयोग

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिताले निर्धारण गरेको खर्चको सीमा ननाघ्ने गरी खर्च गर्न निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई पुन: ध्यानाकर्षण गराएको छ । आचारसंहितामा खर्चको सीमा रु १० लाख निर्धारण गरिएको छ । आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचनमा भाग लिएका दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो । संविधानसभा निर्वाचनका लागि साउन ७ गतेदेखि आचारसंहिता लागू भएको हो । हालसम्म आयोगले एक हजार ६१० विषयमा सहमति प्रदान गरेको आयोगमा आचारसंहिता हेर्नुहुने आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी ७१ विषयलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।

प्रतिक्रिया