काठमाडौं, २६ कात्तिक । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य तथा प्रचार प्रचार संयोजक प्रदीप नेपालले प्रत्यक्ष तर्फ आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् ।
उनले प्रत्यक्षतर्फ कुल ९७ सिटमा जित्ने निश्चित भएको दाबी गरेका गरे । पार्टी मुख्यालय बल्खुमा आज (मंगलबार) आयोजित कार्यक्रममा नेपालले ८० स्थानमा प्रतिस्पर्धा रहेको बताए । उनले ६३ स्थानमा हार्ने बताए ।
नेता नेपालले एमालेलाई हराउन एमाओवादी र कांग्रेस मिल्ने स्थिति आउन पनि सक्ने बताए । उनले त्यसतर्फ पनि मिडियाले सही सूचना ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया