यस वर्ष सुन्तला उत्पादनमा कमी

suntalaपर्वत : जिल्लाका विभिन्न गाविसहरुमा लगाईएको सुन्तला प्रतिकुल मौसम र किराको प्रकोपका कारण उत्पादनमा सात प्रतिशतले कमी आएको छ ।
गत आर्थिक वर्षमा तिन हजार ६९ टन उत्पादन भएकोमा यस वर्ष उत्पादन घटेर २ हजार आठ ५५ टन मात्र उत्पादन हुने अनुमान गरिएको छ । यस अघि आव ०६८/६९ मा सबैभन्दा बढी ४० प्रतिशतले कमी भएको थियो । सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका विभिन्न गाविसमा उत्पादन घटेको हो । गत वर्ष सुन्तलाखेतीका लागि मौसम अनुकुल नपरेको र यस वर्ष मौसमसागै पतेरो रोग र वैशाख जेठमा परेको असिनाका कारण उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
‘सुन्तला एक वर्ष धेरै फल्यो भने अर्को वर्ष कम फल्छ । ’ जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी भने, ‘सोहीअनुसार यस वर्ष ५ देखि ७ प्रतिशतसम्म कमी आएको हो ।’ गत वर्षभन्दा यस वर्ष उत्पादनमा वृद्धि हुनुपर्ने भएपनि वैशाख जेठमा परेको असिनाले क्षति पुर्‍याएकाले घटेको उनले बताए । पर्वतका सुन्तला कृषकले बढी मूल्य पार्नका लागि लामो समय बोटमै राख्नाले पनि सुन्तला उत्पादनमा कमी आउने गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रेग्मीका अनुसार स्वादीलो र गुणस्तरीय सुन्तलाका लागि ख्याती कमाएका बाासखर्क बाहेक देउपुर, कुर्घा, पाङ्राङ लगायतका गाविसमा सुन्तलाको उत्पादन घटेको कृषकको गुनासो छ । यस वर्ष भने कात्तिकको अन्तिम सातादेखि मात्र सुन्तला खानका लागि उपयुक्त भएका छन् ।
जिल्लाको उत्तरमा पर्ने बाँसखर्कदेखि दक्षिणमा पर्ने पाङ्राङ, कुर्घा र त्रिवेणी हुवाससम्मका गाविसमा गरी पाँच ७३ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरिएको छ । जसमध्ये तिन सय ६० हेक्टर क्षेत्रफलमा लगाइको व्यावसायिक सुन्तलाखेतीबाट मात्रै फल दिने गरेको छ । गत वर्ष ६० हेक्टर थप क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । बाँसखर्क, पाङ्राङ देउपुर, कुर्घा, बाजुङ लगायतका गाविसमा भने सुन्तला उत्पादन समूह गठन गरेरै व्यावसायिक खेती गरिएको छ । व्यावसायिक रुपमा लागेका कृषक भने उत्पादन घटेपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको बाासखर्क गाविस १ देखि वडा नं– ८ का कृषकको प्रमुख उत्पादन नै सुन्तलाखेती हो । जिल्लाका मुडिकुवा, पिपलटारी, पकुवा, तिलाहार, हुवासलगायत सबै गाविसमा सुन्तला उत्पादन हुने गरेको छ । पर्वतमा उत्पादित सुन्तलाको बजार पोखरा, नारायणगढ, भैरहवा हुादै भारत र तातोपानी नाकाबाट चीनको ल्हासासम्म फैलिएको छ । (सौस)

प्रतिक्रिया