दुई सहकारीलाई अनुदान

म्याग्दी : सामूहिक पशुपालन सुरु गरेका दुई सहकारी संस्थालाई जिल्ला पशुसेवा कार्यालय म्याग्दीले अनुदान दिएको छ । जिल्लामै पहिलो पटक सामूहिक बङ्गुरपालन सुरु गरेको बिम बहुउद्देश्यीय सहकारी संस्था र रुप्से बृहत्तर बाख्रापालन सहकारी संस्थालाई अनुदान दिएको हो ।
सामूहिक बङ्गुरपालनका लागि बिम बहुउद्देश्यीय सहकारी संस्थालाई आठ लाख ४५ हजार र रुप्से बृहत्तर बाख्रापालन सहकारीलाई ६ लाख उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
सहकारीखेती कार्यक्रमअन्तर्गत सामूहिक पशुपालनको विकास गरी जिल्लामा मासु आयात प्रतिस्थापन गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहन गर्न अनुदान दिइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक जीवनप्रदान आचार्यले जानकारी दिए । (सौस)

प्रतिक्रिया