काठमाडौ, २५ कात्तिक । युवा तथा खेलकुदमन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आइतबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
तीन एसियाली र एक विश्वच्याम्पियनसिपकापदकविजेता खेलाडीलाई पुरस्कृत गरियो । त्यसमा करातेका १८, ट्रायथलनका २ र पारा तेक्वान्दोका १ गरी २१ खेलाडी रहेकाछन् । करातेका ९दोहोरो पदक विजेता खेलाडी सहित पुरस्कृत हुने कूल खेलाडीसंख्याभने ३० रह्यो । कूल ४४ लाख ३० हजार नगद पुरस्कार वितरणगरिएको थियो ।
राखेपले युवातथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गरेको पुरस्कार राशी वितरण गरिएको हो ।
बााडिएको नगद पुरस्कारमा कुनै कर काटिएको छैन । चालू आर्थिक वर्षको बजेटमा ५ लाख सम्मको पुरस्कार रकममा कर नलाग्ने व्यवस्था छ ।
त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा युवा तथा खेलकुद मन्त्रालय र राखेपद्वारा संयुक्त आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राखेप सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ,युवातथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्मा, पदक जित्ने खेल संघका पदाधिकारीले खेलाडीलाई टीका, फुलमाला र खादा लगाइदिनुका साथै प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे ।
करातेका सबै खेलाडी सन् २०१२ को डिसेम्बर १२ देखि १६ तारिखसम्म हङकङमा भएको १३ औं एसियाली प्यासिफिक कराते च्याम्पियनसिपको एकल र समूहगत विधामा पदक जितेका खेलाडी हुन् ।
करातेका सुनील लामाले सर्वाधिक ५ लाख ६५ हजार नगद पुरस्कार प्राप्त गरे । सुनीलले पुरुषको ५५ केजीमा स्वर्ण जिते वापत ५ लाख र टिम कुमुतेमा रजतका लागि ६५ हजार नगद पाए । दोश्रो सर्वाधिक नगद पुरस्कार पाउनेमा पनि करातेकै गंगा अधिकारी रहिन् । गंगाले महिलाको ६८ केजीमाथि स्वर्णकालागि ५ लाख र टिम कुमुतेमा कांस्यकालागि ३५ हजार नगद पाइन् ।
विनोद महर्जनले पुरुषको ६० केजीमा रजतकालागि २ लाख ५० हजार र टिम कुमुतेमा पनि रजतकै लागि ६५ हजार प्राप्त गरे । महिलाको ५५ केजीमा रजत र टिम कुमुतेमा कांस्य जितेकी रोजी नगरकोटीले क्रमश: २ लाख ५० हजार र ३५ हजार नगदहातपारिन् ।
महिलाको ६१ केजीमा रजतजितेकी सपनालामाले २ लाख ५० हजार नगदबुझिन् । टिमकुमुतेमाकांस्य जितेवापत सपनाले थप ३५ हजार पनिपाइन् ।
पुरुषको टिमकुमुतेमा रजतजितेकाअन्यमामुकुन्द्र महर्जन, पर्शुरामबाास्तोला, भीमबहादुर तामाङ, मण्डेकाजीश्रेष्ठ र गणेशबहादुर थिङले जनही ६५ हजार नगद पुरस्कार थापे । टिम कातामा कांस्यपनिजितेकाले मण्डे र गणेशलाई छुट्टै ३५ हजारका दरले नगदपुरस्कार दिइयो । त्यस्तै ८४ केजीमाथिकांस्य जितेकाभीमले १ लाख २५ हजार नगदपाए ।
पुरुषको ८४ केजी मुनि कांस्य जितेका दिगम्बर पन्त, महिलाको ५० केजीमा कांस्य जितेकी अनु अधिकारी तथा महिलाको ६१ केजी माथि कांस्य हात पारेकी कल्पना बस्नेतले समान १ लाख २५ हजार नगद पुरस्कार हासिल गरे । टिम कुमुतेको कांस्यका लागि अनुलाई ३५ हजार पनि दिइयो ।
महिला एकल काताकी कांस्य विजेता चञ्चला दनुवारले १ लाख २५ हजार तथा महिला टिम काताका कांस्य विजेता संगीता डंगोल, सुमन लामा र सुभद्रा श्रेष्ठले समान ३५ हजार रुपिया हातपारे । पुरुष टिम काताका कांस्य विजेता केदारबहादुर सिम्खडाले पनि ३५ हजार पाए ।
त्यसैगरी, सन् २०१२ को मे १८ देखि १९ तारिखमाचीनमाभएको आईटीयू ट्रेमियमा एसियन पट्रायथलनका स्वर्णधारी टीकाराम थापा तथा सन् २०१३ को अप्रिल २६ देखि २९ तारिखसम्म फिलिपिनमा भएको सुविक बे एएसटीसी एसियन ट्रायथलन च्याम्पियनसिपका स्वर्ण विजेता राजीव गुरुङ समान ५–५ लाख नगदबाट पुरस्कृत भए । दुवैले २०–२९ उमेर समूहमा स्वर्ण जितेका हुन् ।
स्विट्जरल्यान्डमा सन् २०१३ को ८ जुनम भएको चौथो डब्लुटीएफविश्वपारा तेक्वान्दो च्याम्पियनसिपको ए–८ समूह अन्तर्गत पुरुषको ६८ केजीमा कांस्य जितेका यादव कावरलाई २ लाख ५० हजार नगद पुरस्कार प्रदान गरियो ।
पुरस्कार वितरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलाडीलाई आश देखाएर निराशपार्न नहुने बताउदै जुन कुरा गर्न सकिन्छ त्यसको मात्र घोषणा गर्नु पर्ने बताए । सदस्य–सचिवलामाले खेलाडीले थप मेहनतगर्दै जानु पर्ने बताउदै खेलाडीले प्राप्त गरेको सफलताले उचित प्रतिफल पाउने बताए ।
कराते खेलाडी गंगाले सम्मानित भएकोमा आफूलाई भाग्यमानी ठानेको बताउदै यस्तो सम्मानले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्ने धारणा राखिन् ।
अर्का पुरस्कृत ट्रायथलन खेलाडी राजीवले पुरस्कारले खेलेरै पनिजीवनयापनगर्न सकिन्छभन्ने उदाहरण प्रस्तुत गरेको बताए ।
प्रतिक्रिया