काठमाडौं, २५ कात्तिक । वन्द र हड्तालले पर्यटन क्षेत्र धरासायी हुने भन्दै पर्यटन व्यबसायी र संगठनहरुले बन्दको शान्तिपूर्ण रुपमा प्रतिकार गर्ने उद्घोष गरेका छन् । साथै उनीहरुले बन्दका बेला व्यबसाय संचालन गर्ने तर राज्यले क्षति भएमा क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश कुमार बस्नेतले देशको पर्यटन क्षेत्र बन्दको सबैभन्दा ठूलो सिकार हुने बताए । उनले बन्द, हड्तालको शान्तिपूर्ण रुपमा विरोध गर्ने र त्यसका लागि सडकमा आउन पनि व्यबसायीहरु तयार रहेको उल्लेख गरे । बन्दबाट नीजि क्षेत्र र देशको अबस्था अत्यन्तै नाजुक हुने भन्दै जसले आयोजना गरे पनि बन्द र हड्तालको बिरुद्धमा निजि क्षेत्र सक्रिय रहने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पर्यटन महासंघका अध्यक्ष ज्योती अधिकारीले बन्दले सबैभन्दा बढी पर्यटकहरु समस्यामा पर्ने भएकाले बन्दको संसारभरी नराम्रो सूचना जाने उल्लेख गरे । बन्द र हड्तालबाट पर्यटन व्यबसाय धरासायी हुने भएकोले यस्ता कार्यक्रम नगर्न नगरनउन अनुरोध गरे । त्यसैगरी ठमेल पर्यटन परिषदका अध्यक्ष रामशरण थपलीयाले शान्तिपर्ण रुपमा बन्दको विरोधमा आफुहरुले निर्वादपूर्ण रुपले व्यबसाय संचालन गर्ने बताए । बन्दको विरोध भने पनि जे भनेपनि व्यबसायीले. व्यबसाय पूर्णरुपमा संचालन गर्ने उनको भनाई छ । कार्यक्रममा ट्रेकिङ एसोसीयसन अफ नेपाल (टान) का उपाध्यक्ष कुलबहादुर गुरुङले बन्दलाई टानले पूर्णरुपमा विरोध गर्ने बताउादै बन्दका बिरुद्धमा आवाज उठाउन र बन्दकर्तालाई निरुत्साहीत गर्न व्यबसायीहरुलायई अनुरोध गरे । सोही कार्यक्रममा राष्ट्रिय पर्यटन व्यबसायी संगठनका अध्यक्ष चन्द्र रीजालले बन्दबाट पर्यटन व्यबसायमा ठुलो समस्या आउने भन्दै बन्दलाई प्राथमिकता नदिन आग्रह गरेका थिए ।
त्यसैगरी नेपाल व्यापार संघका अध्यक्ष श्यामप्रसाद बजगाईले बन्दका बिरुद्धमा आफुहरु रहेकाले कुनैपनि बन्दका बेला शान्तिपूर्ण रुपले त्यसको बिरोध गरेर व्यबसाय सूचारु गर्ने बताए । कार्यक्रममा वक्ताहरुले बन्दमा भएको क्षतिको क्षतिपूर्ती दिने निर्णय कार्यान्वयन गर्न माग गरेका थिए ।
प्रतिक्रिया