दाङ कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै

काठमाडौं, २२ कात्तिक । दाङ कांग्रेसमा विभिन्न राजनीतिक दल परित्याग गरेका झण्डै साढे दुई सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।
कांग्रेस क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार राजु खनालले उनीहरुलाई आज (बिहीबार) सदस्यता दिई पार्टी प्रवेश गराएका हुन् । घरदैलो अभियानयानका क्रममा ढिकपुर गाविसमा मात्रै उनीहरु प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
ढिकपुरमा आयोजित कोणसभामा उमेदवार खनालले संविधान निर्माण नहुँदासम्म देश विकास हुने बताए । उनले संविधान निर्माण पछि मुलुकको विकास र उन्नत्तीमा ध्यान दिनुपर्ने बताए ।
घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति भुपबहादुर डाँगी, महासमिति सदस्य पृथ्बी चैधरी, ढिकपुर एकाई सभापति कालीराम डाँगी, केशब गौतम, सुनिता चौधरी, पूर्व गाविस अध्यक्ष रेवती बस्नेत, नोखीराम केसी, चक्र चौधरी, दीपक शर्मा, मीनबहादुर बिकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया