लोकप्रिय संविधान बन्नेमा विश्वास छैन

R-K-Mainali

राधाकृष्ण मैनाली, पूर्वमन्त्री

संविधानसभा निर्वाचनलाई कसरी हेर्नुभएको छ ?
–निर्वाचन अनिवार्य छ । निर्वाचन हुनु पर्नेमा दुइ मत छैन । लोकतान्त्रीक मुलुकमा लामो समय जननिर्वाचित संस्था नहुनु दुखद कुरा हो ।
निर्वाचन हुनेमा ढुक्क हुनुहुन्छ ?
–वर्तमान राजनैतिक गतिबिधि हेर्दा निर्वाचन हुनेमा धेरै ब्यक्तिमा शंका छ । यति बेला म आफु कुनै पार्टी मा छैन तर पनि मलाई चिन्ने जान्ने जो कोहिले भेट्दा एउटै प्रश्न गर्छन, साच्चै चुनाव हुन्छ भनेर । राजनीतीक रूपले सचेत धेरैको मन मा एउटै शंका छ मंसीर ४ मा निर्वाचन हुन्छ की हुदैन भन्ने ।
निर्वाचन नजिकिँदै छ, जनतामा त्रास पनि बढेको छ यसलाई कसरी लिनुहुन्छ ?
–बैद्यहरूले निर्वाचन बहिस्कारको तयारी गरेको हल्ला जसरी बाहिर आएको छ त्यसले जनतामा त्रास आउनु स्वभावीकै हो । हल्ला सुनेको भरमा सबै हुन्छ भन्ने हुदैन । तर यदि हल्ला सत्य भयो भने निर्वाचन दंगाफसादको बिचमा हुने शंकेत देखीन्छ । दंगाफसाद बिच भएको निर्वाचनको परिणामले के गर्न सक्छ ? त्यस्तो अवस्ताबाट निर्वाचित प्रतिनिधित्वले जनताको ईच्छा पुरा होला भनेर शंका उत्पन्न हुन्छ । निर्वाचनको लागी निर्वाचन हो भने हिजो पञ्चायतले पनि निर्वाचन गरेको थियो । त्यसैले दंगाफसादको बिचबाट बनेको संसदले संविधान बनाउन सक्ला भन्ने लाग्दैन । त्यस्तो अवस्थामा मुलुक फेरी द्धन्दमा जाने निश्चित छ ।
कस्तो अवस्तामा स्वतन्त्र र सबैलाई समेट्ने निर्वाचन सम्भव थियो ?
–मैले पटक पटक भनेको छु । हिजो जसरी परिवर्तनको लागी सबै पार्टीहरू लागे त्यसै गरी आज पनि सबैले आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्ने थियो । यो संसदीय निर्वाचन हैन संविधान बनाउने ऐतिहासीक निर्वाचन हो । त्यसैले सबै मिलेर बैद्यलाई समेटनु पर्ने थियो । नेपालका जे जति पार्टीहरू छन् उनीहरूको भन्दा कम भुमिका बैद्यहरूको छैन । उनीहरूलाई समेटनु पर्ने हो । नेपालका लागी संविधानसभा निर्वाचन मंसीर ४ मानै गर्नु पर्ने श्राद्धको तिथी त हैननी । बिदेशीको आदेशमा दलहरू देशको समस्या प्रति संबेदनशिल भएनन । जसको कारण बैद्यहरू आज निर्वाचन बिथोल्ने कार्यमा जुटेका छन् ।
निर्वाचनहुनेमा किन सबै बिस्वस्त हुन नसकेका होलान ?
–निर्वाचन प्रति जनताको बिश्वास नहुनुमा राजनैतिक दलका नेताहरूनै जिम्मेवार छन् । नेताहरू हरेक दिन मात्र हैन घण्टा घण्टामा आफ्नो कुरा फेर्दे हिड्छन् । प्रचण्ड, झलनाथ खनाल, माघव नेपाल, बाबुराम भट्टराई र निर्वाचन बहिस्कार गर्ने भनेर हिडेका मोहन बैद्य जस्ता नेताको कुरामा नै पनि जनता बिस्वस्त हुने अवस्था छैन । मुख्य दलका नेताहरूले त जनतालाई बिस्वास दिलाउन सक्दैनन भने अरुको के कुरा गर्ने ? बैद्यले सुरुमा गरेका कुरा पटक पटक फेरे, प्रचण्ड आफ्नै कुृरा हरेक दिन काट्छन् । जसका कारण उनीहरू जनताको अनेकौं प्रश्नको जवाफ दिन बाध्य छन् । तर जवाफ प्रस्ट छैन । बनावटि जवाफ दिदै उम्कने प्रयास गर्दै छन् । त्यसै कारण निर्वाचन प्रति जनता बिस्वस्त हुन नसकेका हुन ।
कस्ता छन् उनीहरूलाई जवनताको प्रश्न ?
–यति बेला पनि जनता धेरै जसो बिकास निर्माणको कुरामा केन्द्रित छन् । पटक पटक सरकार प्रमुख भएको मुख्य नेताहरूलाई प्रश्न गर्दैछन् खै हाम्रो गाउँको बिकास र निर्माण गरेको भनेर । उनीहरू आफ्नो कमजोरी अरुको कारण भएन भनेर उम्कने प्रयास गर्दैछन् । कसैले जनताको प्रश्नको प्रष्ट जवाफ दिन सकेको छैन । यो नेताहरूके कमजोरी हो अहिले जनताले नेताहरू संग संविधान भन्दा आफ्नो गाउँठाउँको बिकास र शान्ती सुरक्षा मागेका छन् ।
निर्वाचनको दिन आउँन धेरै छैन कसरी हेर्नु भएको छ ?
–नेताहरूको भाषण हरेक दिन सञ्चार माध्यमा सुन्छु । दुई दिन अगाडी माधव नेपालले भने निर्वाचन पछि बैद्यजीहरूलाई पनि समेटेर जाने छौ । निर्वाचनमा समेट्न नखोज्न, निर्वाचन पछि कसरी समेटन सकिन्छ ? यदि दलहरू इमान्दार भए समेट्न चाहेको भए सक्ने थिएनर ? कसैले त्यसलाई प्राथमीकतामा लिएनन । नेपालका नेताहरू समस्या समाधान गर्न जस्तो सुकै निर्णय गर्छन । जस्को प्रमाण हो अन्तरीम संसद । जहाँ एक सिट नभएको माओवादीलाई ८३ सिट दिइयो । एक जना जनताको मत नपाएको र सत्रहजार मान्छे मारेर आएको पार्टीलाई त्यति ठुलो संख्या दिदाको परिणा देशले अहिले सम्म भोगेको छ । यस्ता अनेकौ उपाय खोज्न सक्ने चमत्कारी नेताहरूले यति बेला किन उपाय खोजेनन ? त्यति बेलाको त्यो निर्णय प्रजातान्त्रीक सामाधान थिएन । यति बेला बैद्यलाई समेट्ने कुरा कतै हिजो माओवादीलाई समेटेको जस्तै मागेको सिट दिने छौ भन्न खोजेको त हैन ? यदि त्यस्तो भयो भने त्यो अप्रजातान्त्रीक सामाधानको बाटो हुने छ । जस्ले जति माग्यो त्यति सिट दिदै जाने हो भने अर्वो खर्चेर किन निर्वाचन गर्ने ? सहमती र भागवण्डको आधारमा चले भईहाल्यो नी ।
यस्ता कुराले नेताहरू जिम्मेवार छैनन भन्ने सिद्ध हुन्छ ?
–चमत्कारी कुरो मात्र गर्छन, बिस्वासनीय कुरो न गर्ने नेताबाट जनताले के आसा गर्ने । नेताहरूमा जसरी हुन्छ सत्ता र शत्तिमा आफु पुग्नै पर्ने मानसीकता छ । प्रचण्ड, माधव, बाबुराम, झलनाथ, बामदेब गौतम सबैको मानसीकता सत्तामा जाने मात्र छ । देश बिगर्ने पनि यीनै नेताहुन । हिजो पनि यीनैले देश चलाएको हो । त्यसको परिणाम जनताले भोगेकै छन् । जनतामा बिस्वास भएको भए नेताहरू किन दुई दुई ठाउँ बाट चुनाव लडेको ? आफुले बिस्वास गरेको एकै ठाउँ बाट लडेको भए भइहाल्थ्यो नी । प्रधानमन्त्री भएका नेताहरू बिस्वस्त नभएकै कारण दुई ठाउँबाट चुनाव लडदैछन् । जनताले भोट दिएनन भने मेरो योग्यता क्षमतामा जनताको बिश्वास रहेनछ भनेर स्वीकार गर्ने क्षमता पनि छैन नेताहरूसंग ।
दलहरूको घोषणा पत्र अध्यन गर्नु भयो ? त्यसलाई कसरी लिनु भएको छ ?
–नेपालको राजनैतिक सातसाल देखी अहिले सम्म दुई सत्ति बिचको लडाईमा अल्झेको छ । पञ्चायत काल देखीनै थियो सिहंदरवार र नारायणहिटी बिचको द्धन्द । सबैले आफुलाई ठुलो ठान्ने । कहिले राजा बलियो हुने त कहिले प्रधानमन्त्री । अहिले माओवादीको घोषणापत्र त्यस्तै छ प्रधानमन्त्री र राष्ट्रपतिको भुमिकाको बारेमा । यहि बिषयको कारण भोलीको दिनमा माओवादी भित्रै एकले अर्कोलाई सिद्धाउने खेल हुने छ । कस्को बिरुद्ध कस्ले कु गर्ने भनेर षडयन्त्र रच्न थाल्ने छन् । त्यहाँ प्रचण्डको बाबुराम र बाबुरामले प्रचण्डलाई सिध्याउने खेल हुने छ । एमालेका घोषणापत्र पनि बिवादीत छ । प्रधानमन्त्री र राष्ट्रपतिको बिषयमा को कसरी जाने भनेर । दुनीयाँमा कहिँ नभएको बुख्याचा जस्तो निर्णय छ । यस्ले जिल्लाको नेता स्थानीय स्तरमा पैसा उठाउने चुनाव लड्ने र संसदमा आएर फेरी पैसा कमाउने बाहेक केहि हुदैन । यस्ले नेपालको राजनीनी सिद्धान्तमा हैन कार्यन्यनमा फेल हुदैछ ।
कुन पार्टीले बहुमत ल्याउने सम्भावना देख्नु हुन्छ ?
–जनताको भावना र दलहरूको भुमिका हेर्दा कसैले बहुमत ल्याउने अवस्था देख्दीन । एकसय पचास सिट भन्दा बढि कसैले जित्दैनन । यस्ले संविधानसभा सरकार बनाउने चलखेलमा सिमीत हुने छन् । नेपालमा राजनीती गर्ने नेताहरू जसरी पनि सरकारमा जानु पर्छ भन्ने मानसीकतामा छन् । त्यसैले सरकारमा जान र सरकार टिकाउनको लागी सबैले मागे जति मन्त्री दिदैमा संविधानसभाको समय बित्स । साठिठ सत्तरी जनाको सरकार बनाएर उनीहरूले देशलाई घोडा चडे जस्तै गर्न थाले पछि यो देशको हालत के होला ? आउने संविधानसभाले संविधान बनाएको र राष्ट्र समृद्ध भएको हेर्ने मेरो पनि चहना हो । तर, त्यसमा म त्यति धेरै विश्वस्त छैन । निर्वाचन भए पनि मुलुकले निकास पाउनेमा म अहिले पनि बिस्वस्त हुन सकिरहेको छैन । संविधानसभा बिगठन भएको यतिका दिनसम्म संविधान चाहियो भन्र कोहि सडकमा आएको देखेको छैन । जनता यति बेला नेतासंग संविधान भन्दा बिकासको कुरा गदैछन् । निर्वाचन भएपछि पनि त्यो सभाले लोकप्रिय संविधान बनाउछ भन्नेमा म बिस्वस्त छैन ।
प्रस्तुति : चमिना भट्टाराई

प्रतिक्रिया