उम्मेदवारको गाडीमा आगजनी

प्युठान, १५ कात्तिक । एकीकृत नेकपा माओवादी प्यूठान क्षेत्र नम्बर १ का उम्मेदवार नवराज सुवेदीको गाडीमा बिहिवार आगजनी भएको छ ।

विजुली–३ मा स्थानीय माओवादी कार्यकर्ताबीच विवाद हुँदा उम्मेदवार सुवेदीले चुनाव प्रचारमा प्रयोग गरेको गाडी भे १ च १४०५ नम्वरको बलेरो जीपमा माओवादी कार्यकर्ताले आगजनी गरेको उम्मेदवार सुवेदीले बताए ।
रस्पुरकोटमा चुनावी सभा गर्ने शिलशिलामा कार्यकर्ता बोकेको गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेको उनले बताए । उनले गाडि पूर्ण रुपले जलेको जानकारी दिए । एमाओवादी कार्यकर्ताले आफ्ना कार्यकर्ता माथि आक्रमणको प्रयास गरेकाले प्रतिरक्षाका क्रममा घटना भएको नेकपा माओवादीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया