कांग्रेसको चुनावी सभा बिथोल्न बाटोमा खाल्डा

Arjun Narshing K cकाठमाडौं, १३ कात्तिक । एकीकृत माओवादीले नुवाकोटमा नेपाली कांग्रेसको चुनावी कार्यक्रम विथोल्न बाटोमा खाल्डा बनाएर अबरोधको प्रयास गरेको छ ।

क्षेत्र नम्बर–१ ले कुमरी–६ मा आज (बुधवार) आयोजना गरेको चुनावी प्रचार–प्रसारको कार्यक्रम विथोल्न एमाओवादीका कार्यकर्ताले बाटोमा खाल्डो खनेर अवरोधको प्रयास गरेको कांग्रेसको मिडिया सेन्टरद्वारा जारी सूचनामा उल्लेख छ ।

‘कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले सम्बोधन गर्ने चुनावी सभास्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा एमाओवादी कार्यकर्ताले खाल्डा पारेर कार्यक्रम विथोल्ने प्रयास गरेका छन्,’ सूचनामा भनिएको छ ।

एमाओवादीका कार्यकताले उम्मेदवार सहितको प्रचार टोलीमाथि ढुङ्गामुडा समेत गरेको कांग्रेस नुवाकोट क्षेत्र नम्बर–१ ले जनाएको छ । एमाओवादीको अबरोधका बावजुद नेता केसीले सो स्थानमा आफ्नो कार्यक्रम सम्पन्न गरेका छन् ।

उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य केसीले एमाओवादीको सो कार्यको निन्दा गरेका छन् । ‘जनमानसलाई आतंकित पार्न खोज्ने अलोकतान्त्रिक सर्वसत्तावादीहरुले आफ्नो चरित्र प्रदर्शन गरेका छन्,’ केसीले भनेका छन्, ‘यस्ता घटनाको स्थानीय जनताले प्रतिकार गर्ने छन् ।’

प्रतिक्रिया