योजनाको ‘मनै त हो’ एक वर्षमा आयो

yojana-puri-manai-ta-ho1काठमाडौं : गायिका तथा सञ्चारकर्मी योजना पुरीको नयाँ एल्बम ‘मनै त हो’ बजारमा आएको छ । एक वर्षको तयारीपश्चात् पुरीले एकल स्वरको पहिलो एल्बम बजारमा ल्याएकी हुन् । उनले अन्य कलेक्सन एल्बममा दर्जनौँ गीत गाइसकेकी छन् । ‘मनै त हो’मा दीपक दशनामी, केदार धिताल, सन्तोष खनाल र शिवराज गौतमको शब्द तथा हरि लम्साल, अर्जुन पोखरेल, राम सिटौला, जन्म राई, सन्तोष दुमी र दीपक दशनामीको संगीत छ । ‘मनै त हो’, ‘झन्डै बिर्सेछु’, ‘घारघार घुरघुर’, ‘मुस्कुराई बस तिमी, ‘तिमी भए’ र ‘मखमली चोली’ बोलका गीत समावेश उक्त एल्बमको ‘मनै त हो’ गीतको भिडियो भने आठ महिनापहिले नै सार्वजनिक भएको थियो । (सौस)

प्रतिक्रिया