चार ठूला दलले देश फिजीकरण गरे : भण्डारी

SadhyaBahadur-Bhandariचितवन, १३ कात्तिक । जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले चार ठूला दलहरूले देश फिजिकरण गर्न खोजेको आरोप लागाएका छन् ।

‘देश संविधानसभा निर्वाचनतर्फ उन्मुख भएपनि फिजिकरण हुने खतरा बढेको छ’ उनले भने– धेरै भारितय नागरिकहरूले नागरिकता पाएकोले फिजिकरण हुन लागेको हो । जनमोर्चा नेपालले चितवनको निर्वाचन क्षेत्र–२ अन्र्तगत क्षेत्रिय चुनाव प्रसार–प्रचार समितिको मंगलबार पूर्वी चितवनको रत्ननगरमा उद्धघाटन कार्यक्रममा यस्तो बताएका हुन् । उनले राष्ट्रिय अस्तित्व समाप्त पार्ने लेण्डुप दोर्जो प्रवृतिको भण्डाफेर गर्न र निर्वाचनको उपयोग गरेर राष्ट्र बचाउन जनमोर्चा सहितका राष्ट्रवादी साना दलहरूलाई विजयी गराउनुको विकल्प नभएको बताए । उनले प्रचण्ड र बाबुरामले भारतसगँ लिखित रूपमा आत्मसर्मपण गरेका कारण वद्यै माओवादी चुनावमा आउन नसकेको बताए । उनले देश बचाउन सीमा नियमन र व्यवस्थापन गर्दै तराईको सुरक्षा नगरिए सम्म नेपालको हित नहुने भन्दै सबै नेपाली एकजुट भई अघि बढ्न आग्रह समेत गरे ।
राष्ट्रियता, जनतन्त्र, जनजिविकाको
ग्यारेन्टीका लागि जनमार्चो नेपालका उम्मेदवारलाई विजयी गराउँ भन्दै चैनुपर गाविसको ज्यामिरे चोकबाट जनमोर्चाले घरदैलो शुरु गरेको छ ।
सो अवसरमा जनकोर्चा नेपालको क्षेत्र–१ का उम्मेदवार शान्ति प्रसाद न्यौपाने, क्षेत्र–२ का निलकण्ठ ढु·ाना, क्षेत्र–३ का धन बहादुर गुरु·, क्षेत्र –४ का कृष्ण गौतम र क्षेत्र–५ का बाबुराम अधिकारी उम्मेदवारहरू मंगलबार देखि नै घरदैलो शुरु भएको घोषण समेत गरे । यसैविच मंगलबार क्षेत्र–२ का उम्मेदवार निलकण्ठ ढु·ानाले चैनपुर सहित पिठुवा, पदमपुर, जुटपानी, शक्तिखोर लगायतका गाविसमा घरदैलो भेटघाट र अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रतिक्रिया