जनकपुर, १३ कात्तिक । नेपाललाई हिन्दू राष्ट्र बनाउन आफ्नो पार्टीलाई मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आग्रह गरेका छन् । आइतबार जनकपुर रिपोर्टर्स क्लबमा थापाले भने, ‘विश्वमा मुस्लिम, बुद्धिस्ट र इसाई धर्मसँग धेरै देशको पहिचान कायम रहे पनि ८७ प्रतिशतभन्दा बढी हिन्दू भएको देशलाई हिन्दू राष्ट्र कायम गर्न जनता जाग्नुपर्ने पनि अध्यक्ष थापाले बताए । नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानलाई आºनो पार्टीले मात्रै बोकेका कारण जनताले राप्रपा नेपाललाई मत दिने विश्वास पनि नेता थापाले गरेका छन् । अध्यक्ष थापाले संवैधानिक राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र कायम गर्न जनताले यसपटक आºनो दललाई विशेष सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया