‘डर, धम्की, त्रसा छैन, त्यसैले कांग्रेसले जित्छ’

Sushil-Koirala-in-Chitwanचितवन, १२ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कम्युनिष्ट पार्टीहरुसँग जनता निरास भइसकेको बताएका छन् ।

चितवनको आनन्दपुरमा आज (मंगलबार) आयोजित चुनावी सभामा कोइरालाले कम्युनिष्टहरुले जनतालाई पटक पटक झुक्काएको बताए ।

‘कम्युनिष्ट पार्टीहरुले जनतालाई झुक्काउँछन्,’ उनले भने, ‘कांग्रेसले मात्रै बोलेको कुरा व्यवहारमा जनतालाई पुर्‍याउँछ ।’

उनले कांग्रेसले दुई तिहाई बहुमत ल्याए एकवर्ष भित्र नयाँ संविधान जारी गर्ने दाबी गरे ।

‘पहिलो संविधानसभाको चुनावमा माओवादीले डर, धम्की र लोभ देखाएर चुनाव जितेको थियो,’ उनले भने, ‘अहिले त्यस्तो छैन । यसपटक चुनाव नेपाली कांग्रेसले जित्छ ।’

प्रतिक्रिया