तिहार नजिकिदै गर्दा किनमेल गर्नेको भिड

काठमाडौ, १२ कात्तिक । नेपालीको दोस्रो ठूलो महान् चाड तिहारको आगमनसागै राजधानीको बजारमा चहलपहल बढ्दै गएको छ । असन, मरुजस्ता काठमाडौको मुख्य बजारमा तिहारमा किनमेल गर्नेको निकै घुइचो बढ्दै गएको छ भने तिहारका लागि आवश्यक सामान बिक्री गर्ने ठूला व्यापारीसहित स–साना फुथपाथका पसल बढेपछि असनको बजार छिर्न पैदलयात्रुलाई समस्या भएको छ ।

सुन्धारा, असनलगायतका क्षेत्रमा काजु, पेस्ताजस्ता मसलासहित तिहारका लागि आवश्यक वस्तु मखनले फूलको माला, हासको अन्डा, सुकेको र भिजेको माछा बिक्री गर्ने तथा खरिद गर्नेको घुइाचोले तिहारको रौनक बढाएको छ । नेवार समुदायमा प्रयोग हुने कालो भटमास, स्याबजी, खेलुइताजस्ता सामग्रीका साथै मखन क्षेत्रमा लुगाफाटा र किसमिस किनबेच गर्नेको चलपहलमा वृद्धि भएको छ । तिहारमा भीड बढ्दै गएको कारण स्थानीय क्लबले चारपाङ्ग्रे सवारी साधनलाई असन छिर्न रोक लगाएको छ । काग तिहारदेखि सुरु हुने तिहारमा नेवार समुदायले नेपाल संवत्अनुसारको नया वर्ष र म्हपूजा पनि मनाउने चलन छ ।

प्रतिक्रिया