भैरहवा, १२ कात्तिक । जिल्ला निर्वाचन आचारसंहिताको टोलीले सोमबार रुपन्देहीको संविधानसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ३ मा अनुगमन गरेको छ ।
टोलीले अनुगमनको क्रममा सिद्धार्थ नगर नगरपालिका वडा नम्बर २ स्थित त्रिवि पक्लिहवा कृषि क्याम्पस हाताभित्र आचारसंहिताविपरीत एमाओवादीले खाना पकाइरहेको तथा पार्टीको झण्डा ब्यानरसहित शैक्षिक संस्थालाई प्रभावित गर्नेगरी काम गरेको पाइएको भन्दै उक्त पार्टर्ी र उम्मेदबार विनोदकुमार उपाध्ययलाई सचेत गराएको छ ।
एमाओवादीका उम्मेदवार उपाध्यायले आफूले अज्ञानता बस त्यस्तो गरेको र आइन्दा त्यस्तो काम नगर्ने प्रतिबद्धता जनाएपछि पहिलो पटकलाई सचेत मात्र पारीएको क्षेत्र नं २ का निर्वाचन आचारसंहिता अनुगम अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए । उनले क्याम्पसका निमित्त प्रमुख जन्मजय गैरेलाई समेत क्याम्पस हाता भित्र आचारसंहितविपरीतका काम गर्न नदिन र कसैले जबरजस्ती गरे खबर गर्न निर्देशन दिएका थिए ।
त्यस्तै, उक्त टोलीले क्षेत्र नम्बर २ को बगाहबाट संघीय सद्भावना पार्टीका उम्मेदवार केशव राम त्रिपाठी, बसन्तपुर र पडसरीबाट मधेस समता पार्टी नेपालका उम्मेदबार राम अवतार साहनीले आचारसंहिताविपरीत झुण्ड्याएको ब्यानर हटाएको छ भने सम्बन्धित उम्मेदवारलाई सचेत पार्ने जनाएको छ ।
यसैगरी भैरहवाको लुम्बिनी रोडस्थित समता सिक्षा निकेतनको बोर्ड माथी टासीएको राष्टिय प्रचातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराको पम्प्लेट र राप्रपा नेपालको पम्प्लेट पनि अनुगमन टोलीले हटाइदिएको छ भने उम्मेदवार र पार्टीलाई सचेत पार्ने जानकारी दिएको छ । टोलीले त्यहाँका सिद्धार्थनगर पालिका, बगाहा, वसन्तपुर, हाटी बनगाई, मधवलीया, हाटिबनगाईलगायतका गाविसमा निर्वाचन आचारसंहिता उल्लंघन भए नभएबारे अनुगमन गरेको थियो । निर्वाचन क्षेत्र नम्बर २ आचारसंहिता अनुगमन अधिकृत नेत्र भुसालले नेतृत्व गरेको टोलीमा जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रसासन अधिकृत विश्व राज नेपाल, सशसस्त्र प्रहरी, नेपाल प्रहरी, सञ्चारकर्मीहरूको सहभागिता
रहेको थियो ।
यता क्षेत्र नम्वर ३ मा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रेम पौडेलको नेतृत्वमा गएको टोलीले अमुवा, फर्साटिकर, टिकुलिगढ, दयानगर, शंकरनगर, आनन्दवनलगायतका स्थानमा आचारसंहिताविपरीत झुण्डाइएका कांग्रेस उम्मेदवार बालकृष्ण खाण, एमाले उम्मेदवार घनश्याम भुसाल र एकीकृत नेकपा माओवादीका उम्मेदवार भरत अर्यालका ब्यानर तथा झण्डाहरू हटाईएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अधीकृत तुल्सीराम ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया