विर्नाचन बिथोल्न खोज्नेविरुद्ध आयोग कडारूपमा प्रस्तुत हुने

काठमाडौं, १२ कार्तिक । निर्वाचन आयोग संविधानसभाको निर्वाचन विथोल्नेविरुद्ध कढा रूपमा प्रस्तुत हुने भएको छ । सोमबार आयोग परिसरमै मिडिया सेन्टर उद्घाटन कार्यक्रमा बोल्दै प्रमुख आयुक्त नीलकण्ठ उप्रतीले कुनै क्षेत्रमा निर्वाचन स्थगित भए फेरि निर्वाचन गर्नसमेत आयोग तयार रहेको बताए । उनले भने, ‘अब कुनै हालतमा पनि निर्वाचन रोकिँदैन, मंसिर ४ मा निर्वाचन सम्पन्न हुने कुरामा कसैले शंका नगरे हुन्छ ।’

आयुक्त उप्रेतीले निर्वाचन कार्यतालिका अनुसार नै कामअघि बढेको भन्दै निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने कुरामा आयोगले कुनै कसर बाँकी नराख्ने पनि उप्रतीले जानकारी गराए । निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी गराए । उनले निर्वाचन पर्यवेक्षणका लागि तीनवटा अन्तराष्ट्रिय र ५४ ओटा राष्ट्रिय संस्थालाई जिम्मेवारी दिएको पनि उप्रेतीले कार्यक्रममा जानकारी गराए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने भन्दै सबै मतदातालाई ढुक्क रहन पनि आग्रह गरेका थिए ।
निर्वाचनसम्बन्धी तस्बिर, गतिविधि र भिडियो फुटेजहरू समेत नि:शुल्क उपलव्ध गराउने उद्देश्यले स्थापना भएको उक्त मिडिया सेन्टरले पत्रकारहरूलाई सहज सुचना उपलब्ध गराउने पनि आयोगले जानकारी दिएको छ । मिडिया सेन्टर स्थापनाका लागि करिब डेढ करोड खर्च हुने आयोग स्रोतले जानकारी दिएको छ । आयोगका अनुसार मुलुकभर १० हजार १३ मतदान स्थल र १८ हजार ४ सय ५७ मतदान केन्द्र रहने छन् । प्रत्येक मतदान केन्द्रमा आयोगले ५ देखि १२ जनासम्म कर्मचारी खटाउने तयारी गरेको छ ।

प्रतिक्रिया