‘बैद्य र ज्ञानेन्द्र एउटै’

काठमाडौ: एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा –माओवादी र पूर्व राजा ज्ञानेन्द्र उस्तै भएको प्रतिक्रिाय ब्यक्त गरेका छन् । दुवैको रुपमा फरक भएपनि सार एकै भएको उनको कथन थियो ।
चुनावी सभालाई सम्बोधन गरेर साँझ पेरिसडाँडामा सम्बोधन गर्ने क्रममा प्रचण्डले जनताले एमाओवादीलाई जिताएपनि त्यसलाई रोक्ने षड्यन्त्र भइरहेको बताए । ‘बाजुरादेखि मधेसका सबै प्राय: र पहाडी जिल्ला हेरेँ, जनताले हामीलाई जिताइसके । तर, शक्तिहरु चाही नजिताउन लागेका छन् । अनेक षड्यन्त्रहरु छन्’ प्रचण्डले भने ‘ षड्यन्त्र गर्ने क्रममा असाध्यै उग्रदक्षिणपन्थी र वामलफाजीहरु एक ठाउँमा हुन्छन् ।’
नेकपा– माओवादीले एमाओवादी र त्यसमा पनि आफूलाई तारो बनाएको भन्दै उनले यो व्यक्ति मात्र नभई संविधानसभा, संघीयताविरुद्ध भएको बताए । ‘सबभन्दा बढी विरोध एमाओवादीको गर्ने । त्यसमाथि त्यसको अध्यक्ष प्रचण्डलाई हिड्न पनि नदिने डुल्न पनि नदिने । म जहाँ जहाँ गयो त्यहाँ बन्द राख्ने, रुख ढाल्ने, बम राख्ने’ उनले भने ’यो व्यक्तिगतका विरुद्ध मात्र हैन, संविधानसभाविरुद्ध, संघीयताविरुद्ध, नेपाली जनताका विरुद्ध पनि हो ।,
यसअघि पाँचथर, सोलुखुम्बु र ओखलढुंगामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले बैद्य माओवादीको आलोचना गरे । बद्य माओवादी भूमिगत भएर केही गर्न नसक्ने भन्दै उनले निर्वाचनमा बहुमत ल्याएर पहिलो कार्यकारी राष्ट्रपति बन्ने दावी गरे । चुनावमा संघीयता पक्षधरसँग तालमेल गर्ने भन्दै उहाँले संघीयता पक्षधरले दुई तिहाई ल्याउने दावी गरे । (सौस)

प्रतिक्रिया