भूमिगत हुने कुनै नीति छैन : भुसाल

pampha bhusalकाठमाडौं, ११ कात्तिक । नेकपा माओवादीले भूमिगत हुने पार्टीको कुनै नीति नरहेको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यमहरुले नेकपा माओवादीका केन्द्रीय नेताहरु अर्धभूमिगत भएको समाचार सम्प्रेशषण गरे पछि आज (सोमबार) प्रवक्ता पम्फा भुसालले समाचारको खण्डन गरेकी हुन् ।

‘भूमिगत हुने पार्टीको नीति छैन,’ उनले भनेकी छन्, ‘अध्यक्ष मोहन बैद्य ज्यू आफ्नै निवासमा हुनुहुन्छ ।’

महासचिव, सचिव र अन्य नेताहरुले दैनिक सरह पार्टी कार्यालय बुद्धनगरमा काम गर्ने गरेको उनले बताईन् ।

प्रवक्ता भुसालले केन्द्रीय नेताहरुलाई पार्टी कार्यालयमै भेट्न सक्ने पनि बताईन् ।

उनले नेकपा माओवादीलाई बद्नाम गराउन विभिन्न भ्रामक समाचार प्रेशित भईरहेको बताईन् ।

निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेकपा माओवादीका नेताहरुका बिरुद्ध विभिन्न समाचार माध्यमबाट समाचार आउन थाले पछि भुसालले बिरोध गरेकी हुन् ।

प्रतिक्रिया