नुवाकोटमा कांग्रेस कार्यकता माथि आक्रमण

नुवाकोट, ११ कात्तिक । नुवाकोटको क्षेत्र नम्बर दुई अन्तर्गतको गाउंखर्क गाविसको हुमगाउंमा नेकपा माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि Nepali Congressसांघातिक आक्रमण गरेका छन् ।

कांग्रेस गाउंखर्क इकाई सचिव रमेश महतको घरमा बसेर छलफल गरिरहेको अवस्थामा आइतबार राति नेकपा माओवादीका नकुल भनिने राजन गौतमको नेतृत्वमा आएको एकहुलले आक्रमण गरेको कांग्रेसले जनाएको छ । नेकपा माओवादीका कार्यकर्ताले छड्, भाला, तरवार र लठठ्ीले आफूहरुलाई आक्रमण गरेको महतले बताए ।

घटनामा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । आक्रमण पछि दुई जना कार्यकर्ता सम्पर्क विहीन रहेको नुवाकोट कांग्रेसले जनाएको छ ।

आक्रमणमा गौतमसहित लक्ष्मण तामाङ, सुनिल पण्डित, विजय नेपाली, अनन्त धिताललगायतका नेकपा माओवादीका कार्यकर्ता सहभागी थिए ।

उनीहरुले पार्टीको निर्देशन र निर्णय अनुसार आक्रमण गरेको बताए । घटनाका कारण गाउंमा त्रास फैलिएको छ । कांग्रेसले घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न सम्वन्धित निकायसंग माग गरेको छ ।

प्रतिक्रिया